site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बैंक तथा वित्तीय संस्थाको औसत सीडी रेसियो ८९.६६ प्रतिशत पुग्यो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको अभाव बढ्दै गएको छ । बैंकिङ सिस्टमको औसत कर्जा–निक्षेप अनुपात सीडी रेसियो नै ९० प्रतिशतको नजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीको औसत सीडी रेसियो ८९.६६ प्रतिशत पुगेको छ । वाणिज्य बैंकहरुको औसत सीडी रेसियो सिस्टमको भन्दा अझै बढी भएकाले बैंकहरु सीडी रेसियोको कारण कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

चालु आर्थिक वर्षमा बैंकहरुले ‘एगे्रसिभ’ रुपमा कर्जा विस्तार गरेका बैंकहरुमा निक्षेपमा भने खासै वृद्धि नहुँदा बैंकहरुमा अहिले लगानीयोग्य पुँजीको चरम अभाव भएको छ । नेपाल राष्ट्र बैंकले चालु मौद्रिक नीतिमा निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा  १९ प्रतिशतले विस्तार गर्ने लक्ष्य लिएको भए पनि पहिलो त्रैमासको विवरण हेर्दा  वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशतभन्दा माथिले विस्तरा भएको । तर सोही अवधिमा निक्षेप भने समान्य मात्रै बढेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

चालु मौद्रिक नीतिबाटै राष्ट्र बैंकले कर्जा–स्रोत परिचालन अनुपात (सीसीडी रेसियो) लाई खारेज गर्दै कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो कार्यान्वयनमा ल्याएको थियो । जसले गर्दा पनि बैंकहरुमा लगानीयोग्य स्रोतको समस्या झनै बढेको बैंकर्सहरु बताउँछन् ।

बैंकहरुमा लगानी योग्य पुँजीको समस्या बढिरहे पनि बैंकहरुको कर्जा लगानी भने ठप्प भएको देखिँदैन । कात्तिक ७ गते ४५ खर्ब ७ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी कात्तिक १६ गते ४५ खर्ब ३० अर्ब पुगेको  छ ।

Royal Enfield Island Ad

त्यसपछि तिहार बिदा भएर आज मात्रै बैंकिङ क्षेत्र खुलेकाले तथ्याङ्क अपडेट भएको छैन । ९ दिनमा कर्जा लगानी ३० अर्बले बढेको छ । तर, सोही अवधिमा बैंकिङ क्षेत्रको निक्षेप भने बढ्न सकेको छैन ।

कात्तिक ७ गते ४८ खर्ब १२ अर्ब रहेको बैंक तथा वित्तीय संस्थाको निक्षेप कात्तिक १६ गते घटेर ४८ खर्ब २१ अर्ब मात्रै रहेको छ ।  भदौ अन्तिम र असोजमा बैंकहरुले  एक बैंकमा रहेको विदेशी मुद्राको निक्षेप अर्को बैंकमा राखेर सिर्जना गरेको कृत्रिम निक्षेप परिपक्व हुँदै जाँदा बैंकहरुमा निक्षेप बढ्नुको साटो घट्दै गएको हो ।

नेपाल राष्ट्र बैंकको  पछिल्लो  तथ्यांक अनुसार बैंकहरुको अन्तर बैंक ब्याजदर ४.९५ प्रतिशत पुगेको छ । बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले रिपो र बैंकहरुले पाउने स्थायी तरलता सुविधामार्फत बजारमा तलरता पम्प गरिरहेको छ ।

यसले बैंकिङ सिस्टममा तरलताको अभाव नभए पनि बैंकहरुमा भएको लगानीयोग्य पुँजीको अभाव भने समाधान गर्न सकेको छैन । चालु आर्थिक वर्ष लागेपछि तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १८० अर्बको रिपो, करिब ४४ अर्बको  ओभरनाइट  रिपो र १२ खर्ब ६५ अर्ब ४६ करोडको एसएलएफ उपलब्ध गराएको राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेल बताउँछन् ।

यस्तै लगानीमा रहेको पुनर्कर्जा पनि ११२ अर्ब ९१ करोड रहेको उनले बताए । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक कात्तिक ११ गते २० अर्बको रिपो जारी गरेको थियो । १४ दिन अवधिको उक्त रिपो यही कात्तिक २५ गते परिपक्व हुँदैछ ।

उक्त बजारमा रहँदा पनि अहिले बैंकिङ प्रणालीमा २५ अर्ब ४६ करोड तरलता रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १५:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro