site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विराटनगरमा बाढीमा ज्यान गुमाएका परिवारलाई ५० हजार सहयोग 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । बाढीले बगाएर मृत्यु भएका विराटनगर–१ का २१ वर्षीय सञ्जित कामतका आफन्तलाई काजकिरियाखर्चका लागि विराटनगर महानगरपालिकाले आइतबार ५० हजारको चेक प्रदान गरेको छ । 

महानगरपालिको विपद व्यवस्थापन समितिको बैठकबाट गत कात्तिक २ र ३ गते परेको अविरल वर्षाका कारण आएको बाढीबाट मृत्यु भएका परिवारलाई राहत दिने निर्णय गरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

विराटनगर–१ का कामत, विराटनगर–५ का ४१ वर्षीय सञ्जय राई र विराटनगर–१२ का इसान भुजेलका आफन्तलाई किरियाखर्चका लागि जनही ५० हजार रूपैयाँ उपलब्ध गराइएको महानगरले जनाएको छ । 

कात्तिक ३ गते डुबानमा परेको घरभित्रबाट सामान निकाल्ने क्रममा सिंघिया खोलाको बाढीले कामतलाई बगाएको थियो । ३ दिनपछि उनको शव परोपकारघाट छेउमा फेला परेको थियो ।   

Royal Enfield Island Ad

विराटनगर महानगरपालिकाकोतर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चौकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरियाखर्चका लागि ५० हजारको चेक प्रदान गरेका हुन् ।

मेयर पराजुलीले जीवनको अगाडि पैसाको मूल्य नभएपनि मजदूरी गरेर खाने कामतका परिवारलाई काजकिरियाका लागि प्रदान गरिएको रकमले केहि मद्दत मिल्ने बताए ।

वडा नंं १ का वडाध्यक्ष उद्धव अर्यालले जनप्रतिनिधि आपतको बेला दुखी पीडितको घरमा पुग्नु पर्ने बताए । बाढीका कारण मृत्युवरण गरेका राई र भुजेलका आफन्तलाई सोमबार ५० हजारको काजकिरिया खर्च वापतको चेक प्रदान गरिने भएको छ ।  
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  ०८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro