site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न अनेरास्ववियुको माग

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गरेको छ ।

अनेरास्ववियुले आज त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाउँदै फागुन १४ गतेभित्र निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो ।

“लामो समयदेखि विभिन्न बहानामा रोकिएको स्ववियु निर्वाचन १४ फागुन २०७८ मा सम्पन्न गर्ने गरी कार्यतालिका तत्काल सार्वजनिक गर्न जोडदार माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी चिकित्साशास्त्र अध्ययन संस्थान महराजगन्जले गरेको शुल्क वृद्धिसम्बन्धी निर्णय तत्काल फिर्ता लिन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क तत्काल फिर्ता गर्न माग गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले अध्यापन गराउने सबै प्राविधिक शिक्षा सातवटै प्रदेशमा तत्कालै अनिवार्य सञ्चालन गर्नलगायत माग अनेरास्ववियुको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, कात्तिक १४, २०७८  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro