देश
काठमाडौं । लगातारको वर्षाका कारण महाकाली नदीमा आएको बाढीले कञ्चनपुरस्थित महाकाली नदी किनारमा रहेको ‘भाइरल रोड’ भत्काएको छ ।
निर्माणकै क्रममा रहेको भुजेलास्थित रोड पछिल्लो समय ‘भाइरल रोड’का नामले चर्चित थियो । सो रोड हेर्न दैनिक सयौँको संख्यामा आन्तरिक पयर्टक त्यहाँ पुग्ने गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेका अनुसार पछिल्लो दुई दिनदेखिको लगातारको वर्षाले रोड कटान गरेको हो । सोही क्षेत्रमा महाकाली नदीमा चार लेन पक्की पुल समेत निर्माण भइरहेको छ । सो क्षेत्रमा समेत क्षति भएको छ ।
भिडियो हेर्नोस्–
प्रकाशित मिति: मंगलबार, कात्तिक २, २०७८ १०:३१
प्रतिक्रिया दिनुहोस्