site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आईसीसी बोर्ड बैठकअघि अफगानिस्तानले माग्यो सदस्य राष्ट्रसँग सहयोग
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्का अन्य सदस्य राष्ट्रसँग सहयोगका लागि अनुरोध गरेको छ । अर्को महिना हुने आईसीसी बोर्ड बैठकमा आफगनिस्तान क्रिकेटको भविष्यबारे महत्वपूर्ण निर्णय हुने अनुमान गरिएको छ । त्यसै सन्दर्भमा एसीबीले अन्य सदस्य राष्ट्रसँग सहयोगका लागि अनुरोध गरेको हो । 

युद्धग्रस्त राष्ट्र अफगानिस्तानले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । पछिल्लो समय अफगानिस्तानले हात पारेको सफलताले सबैलाई आश्चर्यमा पारेको छ । तर, गत अगस्टमा तालिवानले त्यहाँको सत्ता कब्जा गरेपछि अफगानिस्तान क्रिकेटको भविष्य जोखिममा परेको छ । 

अष्ट्रेलियन क्रिकेटले यसअघि नै काबुल सरकारले महिलाहरूलाई खेल्न नदिने हो भने अर्को महिना होबर्टमा हुने भनिएको टेस्ट नखेल्ने घोषणा गरिसकेको छ । विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसी अफगानिस्तानबारे निर्णय लिन ‘पर्ख र हेर’को स्थितिमा छ । अफगानिस्तानको आईसीसी पूर्ण सदस्यताले निरन्तरता पाउने कि नपाउने भन्ने विषयमा ट्वान्टी–२० विश्वकपपछि बस्ने आईसीसी बोर्ड बैठकमा छलफल हुने भनिएको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“देशमा क्रिकेटको विकासमा काम गर्न अफगानिस्तान क्रिकेट बोर्ड प्रतिवद्ध छ । र आशा छ आईसीसीका पूर्ण सदस्यहरूले त्यसका लागि हामीलाई सहयोग गर्नेछन्,” अफगानिस्तान क्रिकेट बोर्डका प्रमुख अजीउल्लाह फाजलीले भने । फाजलीले गत महिना महिला क्रिकेटरले पनि खुलेर खेल्न पाउने विषयमा प्रतिवद्धता जनाएपनि त्यसको भविष्यबारे तालिवान सरकारले निर्देशन कुरेर बसेको बताए । 

तालिवान अधिकारीले अघिल्लो पटकको सरकारले जस्तो आफूहरूले महिला अधिकारमा कडाइ नगर्ने जनाइसकेको छ । अघिल्लो सरकारले महिलालाई शिक्षा र पुरुष अभिभावकविना सार्वजनिक स्थानमा जान निषेध गरेको थियो । क्रिकेट अष्ट्रेलियाका कार्यकारी प्रमुख निक होकलेले होबर्टमा २७ नोभेम्बरमा हुने टेस्ट स्थगित हुनसक्ने संकेत दिएका थिए । उनले तालिवान सरकारले खेलकुदको विषयमा गर्ने निर्णयले टेस्ट खेल्ने नखेल्ने प्रष्ट हुने बताएका छन् । 

Royal Enfield Island Ad

अफगानिस्तानका फाजलीले आईसीसी ट्वान्टी–२० विश्वकपका दौरान क्रिकेट अष्ट्रेलियाका पदाधिकारीसँग टेस्ट क्रिकेट खेल्नका लागि ‘साइडलाइन’ वार्ता गर्ने बताएका छन् । उनी भन्छन्, “हामी क्रिकेट अष्ट्रेलियाका व्यवस्थापनसँग निरन्तर सम्पर्कमै छौँ । र छिट्टै नेतृत्वसँग यस विषयमा छलफल गर्नेछौँ । र दुई देशबीचको सम्बन्ध सुधारका लागि पहल गर्नेछौँ ।”

अफगानिस्तान क्रिकेट बोर्डका अध्यक्ष फालजीले देशको क्रिकेट भविष्य अन्योलमा रहेपनि त्यसले विश्वकपमा टोलीको प्रदर्शनमा कुनै असर नपर्ने बताएका छन् । अफगानिस्तान मोहम्मद नाबीको कप्तानीमा यूएई र ओमानमा हुने ट्वान्टी–२० विश्वकप खेल्दैछ । 

“अफगानिस्तानले ट्वान्टी–२० क्रिकेटका लागि राम्रो तयारी गरेको छ । आशा छ नतिजा पनि त्यस्तै राम्रो आउनेछ,” फाजलीले भने ।

अफगानिस्तानले २५ अक्टोबरबाट सुपर १२ को खेल खेल्दै विश्वकपको सुरुआत गर्नेछ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro