site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एपीएफ र त्रिभुवन आर्मी सेमिफाइनलमा, एनभीए लिग खेल्ने सात टिमको टुङ्गो लाग्यो
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । प्रतिस्पर्धात्मक खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) क्लबको पुरुष टोलीले आज गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै राष्ट्रिय महिला तथा पुरुष एनभीए क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको छ । यससँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । 

काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा जारी प्रतियोगितामा एपीएफले गण्डकीलाई २५–१९, २४–२६, २७–२५, २५–२० को स्कोरमा हराएको हो । म्याराथन शैलीमा गरिएको प्रतियोगितामा एपीएफले अब फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्रिभुवन आर्मी क्लबले गलकोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । राष्ट्रिय भलिबल टोलीका खेलाडीको बाहुल्यता रहेको आर्मीले गलकोटलाई २५–१५, १९–२५, २५–१५, २५–१३ को स्कोरमा हराएको हो । 

आजै चाडोगरी भएको खेलमा साविक विजेता हेल्प नेपाल र नेपाल पुलिस क्लबले आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा स्थान प्रवेश गरेका थिए । हेल्प नेपालले नयाँ बजार युवा क्लबलाई ३–० को सेटमा हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । पुलिस क्लबले ढोरपाटनलाई पनि ३–० कै सेटमा हराएर अन्तिम चारमा स्थान बनाएको हो । 

Royal Enfield Island Ad

यससँँगै एपीएफ, त्रिभुवन आर्मी, हेल्प नेपाल, नेपाल पुलिस, गण्डकी प्रदेश, गलकोट स्पोर्टस र ढोरपाटन स्पोर्टस क्लबले एनभीए लिगमा स्थान बनाएका छन् । एनभीए लिगमा सात टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

क्वार्टरफाइनलमा स्थान बनाउन सफल आठ टोलीमध्ये नयाँ बजार युवा क्लब भने लिगमा छनोट हुन सकेनन् । यस क्लब च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली टोलीले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro