site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेटिएन हराएको साढे ३३ किलो सुन तर दसैंअघि मुद्दा टुङ्ग्याउने तयारी
फाइल तस्बिर

केशवराज जोशी, काठमाडौं । मोरङ उर्लाबारी नगरपालिका–१ का सनक शाक्यको हत्या र साढे ३३ किलो सुन गायब प्रकरणको अन्तिम बहस सुरु भएको छ । जिल्ला अदालत मोरङमा आइतबारबाट निरन्तर हेर्दाहेर्दैमा सो बहस सुरु भएको हो ।


जिल्ला सरकारी वकिलको कार्यालय मोरङका सहायक जिल्ला न्यायाधिवक्ता सुदर्शन निरौलाले दसैंअघि नै मुद्दा टुङ्ग्याउने गरी बहस अगाडि बढेको बताए । उनका अनुसार दुवै पक्षका कानुन व्यवसायीबीचको बहस न्यायाधीश भरत लम्सालको इजलासमा भइरहेको छ ।

के हो ३८ क्विन्टल सुन तस्करी प्रकरण ?

२०७४ साल माघ ९ गते तस्करी गरेर मोरङ उर्लाबारीका गोरे भनिने चुडामणि उप्रेतीको समूहले साढे ३३ किलो सुन काठमाडौं ल्याएको थियो । सो सुन गायब भएको थियो । सो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पुरानोबानेश्वरसम्म लगेर छाड्ने जिम्मा गोरे समूहले सानु वनलाई दिएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

सानुको ०७४ माघ २२ गते  विमानस्थलमा गुड्दै गरेको ट्याङकको चक्कामा ठोकिएर ज्यान गएको थियो । उनले आत्महत्या गरेको बताइएको थियो । सानु थाई एयरवेजका इन्जिनियर थिए । त्यसअघि स्कुटरमा सानु वन र अर्को एकजनाले साढे ३३ किलो सुन पुरानो बानेश्वरतर्फ लग्ने क्रममा सुन लुटिएको भन्दै गोरेलाई फोन गरेका थिए ।

सानुको मृत्युपछि सुन गायब भएपछि सुन गायबमा संलग्न रहेको भन्दै गोरे समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा शाक्यको मृत्यु भएको थियो । सनमले गोरेको आर्थिक कारोबार हेर्दै आएका थिए ।

सनमको हत्या र सुन गायब प्रकरणको चर्चापछि अनुसन्धानका लागि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा एक समिति बनाएको थियो ।

सोही समितिले सुन तस्करी प्रकरणमा प्रहरीका उच्च अधिकारीसहित गोरे समूहको संलग्नता देखाएको थियो । सोही समितिले विभिन्न समयमा ३८ क्विन्टल सुन तस्करी भएको निस्कर्ष निकालेको थियो । तर, गोरे समूहले ल्याएको भनिएको सुन हालसम्म भेटिएको छैन ।

समितिले तस्करीमा प्रहरीकै उच्च अधिकारीको समेत संलग्नता औंल्याएको थियो । जसमध्ये धेरैजसो प्रहरी अधिकारीले सफाई पाइसकेका छन् भने केही पूर्पक्षका लागि कारागारमै छन् ।

सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको छ । जसमध्ये ५५ जना पक्राउ परेका छन् भने २२ जना अझै फरार छन् ।

संगठीत अपराध, अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान गरेर चारवटा शीर्षकमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले २०७५ वैशाख १९ गते उच्च प्रहरी अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । त्यसपछि दुईपटक पूरक अभियोगमार्फत ७७ जनालाई प्रतिवादी बनाएको हो ।

१७ अर्ब एक करोड ८० लाख करिब ३८ क्विन्टल सुन अवैध रुपमा आयात भएको निस्कर्ष सरकारको उच्चस्तरीय अनुसन्धान समितिले निकालेको थियो । सुन तस्करी प्रकरणमै जोडिएका त्रिभुवन विमानस्थलमा कार्यरत प्रेमनारायण चौधरीले प्रहरी हिरासतमै आत्महत्या गरेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro