अर्थ व्यवसाय
काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणाा गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/२०७८ को सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८ ११:३३
प्रतिक्रिया दिनुहोस्