site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रियसभा बैठकले विनियोजन विधेयक, २०७८ लाई पारित गरेको छ ।

बिहीबार बसेको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

त्यस्तै, बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

त्यसअघि, बैठक प्रारम्भ हुनसाथ नेकपा (एमाले)का राष्ट्रियसभा सदस्यहरूले उठेर विरोध जनाएका थिए । बैठकमा एमाले सांसद कोमल ओलीले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सभामुखले राजीनामा नदिएसम्म समस्याको समाधान नहुने बताएकी थिइन् ।

Royal Enfield Island Ad

अध्यक्ष तिमिल्सिनाले संसद्मा देखिएको गतिरोधको अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

एमाले फुटाउन भूमिका खेलेको र आफ्ना १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमाले सांसदले संघीय संसद्का दुवै सदनमा निरन्तर विरोध गरिरहेका छन् ।

राष्ट्रियसभाको अर्को बैठक यही असोज ८ गते शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro