काठमाडौं । वामदेव गाैतमले आगामी दिनमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगकाे सम्बन्ध 'राम्रो हाेस्' भन्दै राजीनामा दिएका छन् । शुक्रबार बुझाएको राजीनामापत्रमा नेता गौतमले चार दशकदेखिको ओलीसँगको सम्बन्ध आगामी दिनमा पनि राम्रो हुने अपेक्षा गरेका छन् ।
पत्रमा उनले ओलीको गलत प्रवृत्तिका कारण आफूले राजीनामा दिएको उल्लेख गरेका छन् ।
"म आफै संलग्न भएर निर्माण भएको नेकपा एमालेमा तपाईंकै गलत विचार, प्रवृति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएकोले आजको मितिमा पार्टीको उपाध्यक्षको पद र पार्टीका सवै जिम्मेवारीबाट राजीनामा दिएको छु । फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अब उपरान्त पनि हामी दुईबीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ," गौतमले राजीनामापत्रमा लेखेका छन् ।