विशेष
काठमाडौं । पहिरो आउन लागेको सधैँ थाहा पाइन्छ भन्ने हुँदैन । तर, कहिलेकाहीँ पहिरोको पूर्वसंकेत मिल्न सक्छ ।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहिरोका पूर्वसंकेतहरूबारे जानकारी गराएको छ ।
यी हुन् पहिरोका पूर्वसंकेत
१. घरको भित्तामा चिरा पर्नु
२. भित्तामा भएको चिरा बढ्दै जानु
३. मझेरी, पिँढी वा आँगन भासिनु
४. घरका झ्याल–ढोका बांगिएर उघार्न र बन्द गर्न अप्ठेरो हुनु
५. घर वरिपरिको जमिन भासिनुलगायत ।
प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८ १०:१५
प्रतिक्रिया दिनुहोस्