site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लगानीमा विकास बैंक अगाडि, सीमा उल्लङ्घन गरे कारबाही
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मार्जिन प्रकृतिको सेयर धितो कर्जा ‘कोर क्यापिटल’को ४० प्रतिशतसम्ममात्रै लगानी गर्नसक्ने व्यवस्था गरेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले औसतमा प्राथमिक पुँजीको १६.९३ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका छन् । ०७७ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल प्राथमिक पुँजी ६ खर्ब २७ अर्ब ६५ करोड रहेको छ । 

यस्तै, बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड लगानी गरेका छन् । जुन कुल कर्जा लगानीको २.५५ प्रतिशत हो । २०७७ असार मासन्तमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४१ खर्ब ७० अर्ब ५८ करोड रहेको छ । 

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा विकास बैंकहरूले औसतमा प्राथमिक पुँजीको ३०.०५ प्रतिशत, वाणिज्य बैंकले १६.३१ प्रतिशत र वित्त कम्पनीले ९.९३ प्रतिशतसम्म कर्जा लगानी गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७८ असार मसान्तसम्मको तथ्याङ्क अनुसार ३ वटा विकास बैंकको भने मार्जिन प्रकृतिको सेयर धितो कर्जामा उक्त सीमा नाघेको छ । मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको मार्जिक प्रकृतिको सेयरधितो कर्जाको राष्ट्र बैंकले तोकेको सीमा नाघेको देखिन्छ । तर, मुक्तिनाथ विकास बैंकका चिफ फाइनान्स अफिसर सञ्जीव दाहाल बैंकले राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेर मार्जिज प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेको बताउँछन् । 

नेपाल राष्ट्र बैंकले पछिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम भएको प्राथमिक पुँजीको ४० प्रतिशत मार्जिन प्रकृतिको सेयरधितो कर्जा लगानी गर्नसक्ने उनी बताउँछन् । राष्ट्र बैंकले प्रकाशित गरेको असार मसान्तको तथ्याङ्कमा बैंकले चैत मसान्तसम्म आर्जन गरेको मुनाफालाई प्राथमिक पुँजीमा नजोडेको हुँदा मार्जिन प्रकृतिको सेयर धितो मर्जामा ४० प्रतिशतको सीमा नाघेको देखिएको उनले बताए । 

Global Ime bank

बैंकले चैत मसान्तसम्म आर्जन गरेको मुनाफालाई आन्तरिक लेखापरीक्षण सञ्चित मुनाफामा राखिसकेको हुँदा उक्त सीमा ननाघ्ने उनको तर्क छ । मुक्तिनाथ विकास बैंक मात्रै नभएर महालक्ष्मी विकास बैंक र ज्योति विकास बैंकको पनि नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको २०७७ असारको मासिक तथ्याङ्कमा पनि राष्ट्र बैंकले तोकेको सीमा नाघेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको इ.प्रा. निर्देशन नम्बर २ को बुँदा नम्बर १५ मा मार्जिन प्रकृतिको सेयर धितो कर्जा सम्बन्धी व्यवस्था रहेको छ । सोही बुँदाको ६ (क) को (६) नम्बर बुँदामा “मार्जिन प्रकृतिको कर्जा बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको बढीमा ४० प्रतिशतसम्म मात्र प्रवाह गर्न सक्नेछन् । यस प्रयोजनका लागि प्राथमिक पुँजी भन्नाले ठिक अघिल्लो त्रैमासको आन्तरिक लेखापरीक्षण भएको वित्तीय विवरणको आधारमा कायम हुन आएको प्राथमिक पुँजी सम्झनु पर्दछ,” भन्ने उल्लेख छ ।

यसले सबै बैंक तथा वित्तीय संस्थामा गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आर्जन गरेको नाफालाई आन्तरिक लेखापरीक्षण गरेपछि कायम प्राथमिक पुँजीलाई नजोडेको हुँदा प्राथमिक पुँजीको ४० प्रतिशत सीमा नाघेको देखिएपनि उक्त तथ्याङ्क आउँदा सीमाभित्रै रहने देखिन्छ ।
 
नेपाल राष्ट्र बैंकका प्रवक्तासमेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकाल भने प्राथमिक पुँजीको ४० प्रतिशतभन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गर्ने बैंकलाई कारबाही हुने बताउँछन् । “यदि कुनै पनि बैंकले राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी मार्जिन प्रकृतिको कर्जा लगानी गर्छ भने उसलाई एकीकृत निर्देशिकाले तोकेअनुसारको कारबाही हुन्छ,” उनले बाह्रखरीसँग भने । 

नेपाल राष्ट्र बैंकले हालै मात्र मार्जिन प्रकृतिको सेयर धितो कर्जामा प्रति व्यक्ति प्रति बैंक चार करोड र प्रति व्यक्ति जम्मा १२ करोड मात्रै मार्जिन प्रकृतिको सेयर कर्जा लिन सक्ने सीमा तोकेकाे छ । 

वित्त कम्पनीहरूको करिब ४ प्रतिशत मार्जिन कर्जा 
२०७८ असार मसान्तसम्ममा वित्त कम्पनीहरूले कुल कर्जाको ३.९६ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् । ०७८ असार मसान्तसम्म वित्त कम्पनीहरूले कुल ७१ अर्ब ५४ करोड कर्जा लगानी गरेकोमा २ अर्ब ८३ करोड लगानी मार्जिन प्रकृतिको सेयर धितोमा गरेको देखिन्छ ।
 
फाइनान्स कम्पनीमा श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले प्राथमिक पुँजीको ३२.३० प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले प्राथमिक पुँजीको ३१.२२ प्रतिशत र मञ्जुश्री फाइनान्सले प्राथमिक पुँजीको २६.९७ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छन् ।
  

यता नेपाल फइनान्सले कुल कर्जा लगानीको १२.८९ प्रतिशत, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले कुल कर्जाको ८.९७ प्रतिशत, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले कुल कर्जाको ८.८९ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् ।

१७ वटा फाइनान्स कम्पनीमध्ये जानकी फइनान्स मल्टिपपर्स फाइनान्स र क्यापीटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका छैनन् । 

विकास बैंक करिब ३ प्रतिशतमाथि मार्जिन कर्जा 
२०७८ असार मसान्तमा विकास बैंकहरूले लगानी गरेको कुल कर्जामा मार्जिन प्रकृतिको सेयर धितो कर्जाको हिस्सा ३.२७ प्रतिशत रहेको छ । यस अवधिमा १८ वटा विकास बैंकले कुल ३ खर्ब ८३ अर्ब ४८ करोड कर्जा लगानी गरेकोमा मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १२ अर्ब ५३ करोड लगानी गरेका छन् ।

मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै २ अर्ब ५२ करोड उक्त कर्जा प्रवाह गरेको छ । कुल कर्जामा महालक्ष्मी विकास बैंकले सवार्धिक ५.६१ प्रतिशत, लुम्बिनी विकास बैंकले ४.२९ प्रतिनशत, ज्योति विकास बैंकले ४.०७ प्रतिशत सांग्रिला डेभलपमेन्ट बैंकले ३.४४ प्रतिशत, सिन्धु विकास बैंकले ३.३७ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ३.२९ प्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् । 

गत आर्थिक वर्षको नाफा समायोजन गर्न बाँकी रहेको अवस्थामा ३ वटा बैंकले राष्ट्र बैंकले तोकेको प्राथमिक पुँजीको ४० प्रतिशत सीमा नाघ्दा सांग्रिला डेभलपमेन्ट बैंकले प्राथमिक पुँजीको ३८.५८ प्रतिशत र कामना सेवा विकास ३२.०७ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितो कर्जा प्रवाह गरेका छन् ।  

नारायणी डेभलपमेन्ट बैंक, कर्णाली डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलमेन्ट बैंक, सहारा विकास बैंक र सलपा विकास बैंकले भने मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छैनन् ।
 
वाणिज्य बैंकको कुल कर्जामा २.४५ प्रतिशत मार्जिन कर्जा 
२०७८ असार मसान्तमा वाणिज्य बैंकहरूले कुल कर्जा लगानीका २.४५ प्रतिथशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेका छन् । यस अवधिमा वाणिज्य बैंकहरूले कुल ३७ खर्ब १५ अर्ब ५८ करोड कर्जा लगानी गरेका छन् । जसमध्ये ९० अर्ब ९२ करोड मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेको देखिन्छ । यस अवधिमा सिभिल बैंकले प्राथमिक पुँजीको ३५.८३ प्रतिशत, सिटिजन्स बैंकले ३०.०३ प्रतिशत, सिद्धार्थ बैंकले २८.९८ प्रतिशत, सेञ्चुरी बैंकले २५.१४ मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेका छन् । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिजय बैंकले पनि प्राथमिक पुँजीको २२.२७ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेको छ । रकमका आधारमा हेर्न हो भने ग्लोबल आईएमई बैंकले ७ अर्ब १४ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेको छ । 

सिभिल बैंकले कुल कर्जाको ४.६१ प्रतिशत मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेको छ । यस्तै, सिटिजन्स बैंकले पनि कुल कर्जाको ४.५४ प्रतिशत कर्जामा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेको छ । नेपाल बैंकले पनि ३.८३ पव्रतिशत कर्जा मार्जिन प्रकृतिको सेयर धितोमा लगानी गरेको छ । 

नेपाल एसबिआई बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकले भने मार्जिन प्रकृतिको सेयर धितोमा कर्जा लगानी गरेको छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  ०८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !