site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युवा खेलाडीबाट सकारात्मक नतिजाको अपेक्षा 

काठमाडौं । नेपालले एएफसी महिला एसियन कप–२०२२ को छनोट खेल्दैछ । लामाे समयपछि नेपालले एसियन कपको छनोट खेल्न लागेको हो । नेपाली महिला फुटबलमा अहिले युवा खेलाडीको वर्चस्व छ । 

प्रशिक्षक ग्यारी फिलिप्सले युवा खेलाडीलाई अवसर दिँदै नेपाली टोली तयार पारेका छन् । टोलीमा पहिलोपटक प्रिती राईलगायत युवा खेलाडीले स्थान बनाएका छन् । घरेलु फुटबलमा आफ्नो पहिचान बनाइसकेकी प्रिति नेपाली टोलीमा सम्भावना बोकेकी खेलाडी हुन् ।
 
यता, युवा खेलाडीको बर्चस्व भएको टिममा मुख्य खेलाडी सावित्रा भण्डारी (सम्बा) भने छैनन् । उनी महिला लिग अन्तरर्गत घाइते हुँदा टिममा परिनन् । सावित्रा अहिले कतारमा उपचार गरिरहेकी छन् । सावित्रा टिममा नपर्दा पनि नयाँ खेलाडीहरुको प्रदर्शनले सहज हुने मुख्य प्रशिक्षक फिलिप्स बताउँछन् । उनले टिममा सावित्राको अभाव हुने तर प्रदर्शनमा कुनै फरक पन नआउने बताए ।
 
पहिलो चरणमा ४५ जना बन्द प्रशिक्षणमा बोलाइएको टिममा दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका थिए । त्यसपछि प्रशिक्षक फिलिप्सले २८ खेलाडीबाट पाँच खेलाडीलाई बाहिर राखेर २३ जना टिम तयार पारेका थिए ।
  
प्रशिक्षणबाट महिला फुटबलमा पहिचान बनाएकी रेखा पौडेल पनि बाहिरिनु परेको छ ।
 
युवा खेलाडीको उत्कृष्ट प्रदर्शन गर्नेछन् : प्रशिक्षक फिलिप्स 
महिला टोलीका मुख्य प्रशिक्षक फिलिप्सले महिला फुटबल टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । उनले टिममा आफूले युवा खेलाडीलाई पनि स्थान दिएकाले उनीहरुले उत्कृष्ट प्रदर्शन गर्ने बताए । पहिलोपटक महिला फुटबल टोलीले विदेशी प्रशिक्षकको प्रशिक्षकत्वमा खेल्न लागेको हो ।
 
नेपाली टोलीमा प्रशिक्षकत्व सम्हाल्न अष्ट्रेलियाबाट आएका फिलिप्सले टिममा खेल्ने तरिकादेखि खेलाडीको प्रविधिक पाटोमा पनि परिवर्तन ल्याएको बताएका छन् । आफ्नो प्रशिक्षकत्वमा नै नेपालले एसियाकप छनोट पार गर्न सकेमा आफ्नो लागि र टिमका अनुभवी खेलाडीका लागि पनि सहज हुने उनले बताएका छन् ।
 
“टिममा युवा खेलाडी धेरै छन् । उनीहरुको प्रदर्शन पनि हेर्न लायक हुनेछ । नयाँ खेलाडीहरुको जोस बेग्लै छ । छनोट खेलका लागि सबै खेलाडीहरु उत्साहित छन् । हाम्रो टिम सबै तरिकाले मिलेको छ,” फिलिप्सले भने ।
 
फिलिप्सले टिममा सावित्राको कमी खड्किने भए पनि टिमको प्रदर्शनमा केही कमी नआउने बताए । उनले सावित्रा जताभए पनि उनी सँधैं टिमको खेलाडीको रुपमा रहने बताए । 

टिममा आफ्नो स्थान बनाउ आएकी हुँ : प्रिति राई 
राष्ट्रिय महिला टोलीमा पहिलोपटक परेकी प्रिती राईले नेपाली टोलीमा आफ्नो स्थान बनाउन आएको बताएकी छन् । टिममा साम्बाको स्थान लिन सक्छु भन्ने लाग्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, “म टिममा कसैको स्थान लिन आएकी होइन । म मिहिनेत गरेर टिममा आफ्नो बेग्लै स्थान बनाउने प्रयास गर्नेछु ।” 

प्रितीले टिममा पहिलोपटक पर्दा हालसम्मको मिहिनेतले साथ दिएको बताएकी छन् । नेपाली यू–१५ टोलीको कप्तानी गरिसकेकी प्रिती मेयरकपमा काठमाडौंबाट खेलेकी थिइन् । उनले महिला लिगमा भने विभागीय टोली एपीएफबाट खेलेकी थिइन् ।
 
मेयरकप महिला फुटबल प्रतियोगितामा उनको प्रदर्शनलाई देखेर एपीएफले उनलाई अनुबन्ध गरेको थियो । त्यसपछि उनले एपीएफका लागि महिला लिगमा आफ्नो छाप छोड्न सफल भइन् । उनको प्रदर्शनका कारण नै प्रशिक्षक फिलिप्सले टिममा स्थान दिएका थिए ।
 
प्रिती अहिले आफ्नो डेब्यू हुने कुरामा विश्वस्त छन् । उनले आफ्नो मिहिनेतलाई कदर गर्दै टिमले राम्रो स्थान दिने बताइन् । साथै आफूले अवसर पाएमा उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।
 
“मेरो मिहिनेत र खेल क्षमता हेर्दा टिमले मलाई डेब्यू गर्ने मौका दिनेछ । यदि मैले टिमका लागि खेल्ने अवसर पाए भने आफूले सकेजति टिमलाई सफल बनाउन मिहिनेत गर्नेछु,” प्रितिले भनिन् । 

एसियन कपमा छनोट हुनु नै मुख्य लक्ष्य थियो : कप्तान रेनुका नगरकोटी 
महिला टोलीकी कप्तान रेनुका नगरकोटीले टिमको मुख्य लक्ष्य एसिया कपमा छनोट हुनु भएको बताएकी छन् । उनले पहिले पनि खेलिसकेको टिमसँग खेल्दा केही अपेक्षा रहेको बताएकी छन् ।
 
दक्षिण एसियाली राष्ट्रहरुसँग खेलेको नेपालले पहिलोपटक सिधै एसियाली छनोट खेल्न लागेको हो । त्यसका लागि नेपाललाई अवसरसँगै चुनौती पनि भएको नगरकोटीको भनाइ छ ।
 
उनले नेपाली टोलीमा अहिले धेरै युवा खेलाडीले स्थान बनाएको हुनाले पनि टिमको प्रदर्शन सहज हुने बताएकी छन् । उनले सावित्राको अनुपस्थितिमा पनि खेल्न सक्ने खेलाडी टिममा रहेको बताइन् ।
 
“हाम्रो टिम मिलेको छ । टिममा नयाँ खेलाडी परेका छन् जसले सावित्राको अभावलाई पूरा गर्नेछन् । टिमले सवित्राको कमी महसुस गरे पनि प्रदर्शनमा केही फरक पर्ने मैले देखेकी छैन्,” उनले भनिन् ।
 
रेनुकाले विदेशी प्रशिक्षकका कारण पनि टिमको प्रदर्शनमा सुधार आउने बताएकी छन् । उनले नेपाली प्रशिक्षक र विदेशी प्रशिक्षकको प्रशिक्षण गराउने तरिका एउटै भए पनि प्रविधिक कुरामा फरक परेको बताइन् ।
 
आगामी असोजमा नेपालले एएफसी एसिया कप २०२२ छनोटको खेल खेल्दैछ । समूह ‘एफ’मा रहेको नेपालले दुई खेल खेल्नेछ । पहिलो खेल २ असोजमा फिलिपिन्ससँग रहेको छ । यस्तै दोस्रो खेल ५ असोजमा हङकङसँग हुनेछ । समूहको विजेताले भारतमा हुने एएफसी एसिया कप खेल्ने छ । उज्वेकिस्तानमा हुने प्रतियोगिताको छनोटअन्तर्गत नेपाली टोलीले पहिलो खेल आउँदो सेप्टेम्बर १८ मा फिलिपिन्ससँग खेल्दै छ । त्यस्तै, सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ । 

नेपाली टोली 
अन्जान रानामगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अम्रिता जैसी, अनिता बस्नेत, अनिता केसी, विमला विके, विमला चौधरी, दीपा राई, गीता राना, हीराकुमारी भुजेल, इन्दिरा राई, मन्जिला तामाङ (योन्जन), निशा ठोकर, प्रिती राई, पूजा राना, पुनम जर्र्घामगर, रजिना ठोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सविता राना, सरु लिम्बू र सिर्जना सिंह ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १०, २०७८  १४:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro