राजनीति
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता केशव झाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण मुलुकमा राजनीतिक अस्थिरता निम्तिएको बताएका छन् । शनिबार झापामा अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले मुलुकको मुख्य समस्या ‘आन्तरिक उपनिवेशवाद’ भएको पनि बताए । एकल जातीय राज्यको चरित्र बदल्नु चुनौती भएको उनको भनाइ थियो ।
‘दश प्लस एक राज्य’को स्थापना र बहुल राष्ट्रिय राज्यको स्थापना हुनुपर्नेमा पनि उनले जोड दिए ।
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८ १७:४५
प्रतिक्रिया दिनुहोस्