site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
प्रदेश २ : भ्रष्टाचारका दोषीलाई भौतिक पूर्वाधार मन्त्रालयको सल्लाहकारमा नियुक्त

जनकपुरधाम । प्रदेश २ सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेको छ । भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।

विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका चौधरीलाई गत असार २० गते नै नियुक्ति दिइसकेको खुलेको छ । भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि चार महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । यद्यपि हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

चौधरी तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रूपमा कार्यरत रहँदा भ्रष्टाचारमा मुछिएका थिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले चौधरीविरुद्ध मुद्दा दायर गरेकोे थियो । उनी अहिले पनि निलम्बनमै छन् । चौधरी जनकपुरको रामानन्द चोकमा रहेको होटल सिता प्यालेसका सञ्चालक र मैथिली विकास कोषका अध्यक्षसमेत हुन् ।

नेपाली कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव जेठ २६ मा मन्त्री बनेका थिए । उनी मन्त्री भएलगत्तै चौधरी अध्यक्ष रहेको मैथिली विकास कोषको भवन निर्माण तथा अन्य निर्माण कार्यका लागि ९० लाख रुपैयाँ बजेट निकासा गरिएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro