site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
थुनुवा आत्महत्या प्रकरण : परिवारले अझै बुझेन शव, प्रर्दशन जारी
SkywellSkywell

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आत्महत्या गरेका लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोडा पल्टु रविदासको परिवारले अझै शव बुझेका छैनन् । घटनाको चारदिन बिते पनि परिवारजन र स्थानीयले निष्पक्ष छानबीनको अडान राख्दै शव बुझेका छैनन् ।
 
प्रहरी कार्यालयको शौचालयमा पासो लगाई झुण्डिएको अवस्थामा उनको शव बिहीबार फेला परेको थियो । प्रहरीले मानव अधिकारकर्मी र स्थानीय जनप्रतिनिधिको रोहबरमा शव पोस्ट मार्डमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । पल्टुले डिप्रेशनमा रहेकाले आत्महत्या गरेको प्रहरीले दावी गर्दै आएको छ । तर, परिवारजनले प्रहरीले नै अघनुसँग मिलेर हत्या गरेको आरोप लगाएका छन् । गत चैतमा घरायसी विवाद हुँदा भाइ अघनु रविदासले कुटपीट तथा अङ्ग भङ्ग मुद्दा दर्ता गराएका थिए । 

 
पल्टु सुरुको केही समय फरार भए पनि गत असारमा पक्राउ परेका थिए । अदालतले दुई लाख धरौटी जरिवना गरिसकेको थियो । तर, धरौटी रकम नहुँदा परिवारले थुनामुक्त गराउन सकेको थिएन । प्रहरीले सिन्धुली करागार चलान गर्ने तयारी गरिरहेको थियो । 

Dabur Nepal
NIC Asia

यता, परिवारजनले निष्पक्ष छानबीन गरी दोषीलाई कारवाही हुनु पर्ने माग गर्दै दुई दिनदेखि जनकपुर–ढल्केवर सडक खण्डमा चक्का जामसँगै पर्दशनसमेत गरिरहेका छन् ।

पर्दशनमा स्थानीय नेकपा एमालेका नेता लालजी साह, श्याम यादव र रघुबिर महासेठविरुद्ध चर्को नारा बाजी गरेका छन् । आइतबार साँझ तीनै जना नेताको पुत्लासमेत जलाइएको थियो । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनी धनुषाका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकषर्ण गराउँदै उच्चस्तरीय छानवीन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको छ । उनीहरुले जनकपुरमा हत्याको विरुद्धमा पर्दशनसमेत गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu