site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
दाजुभाइको झगडा : धरौटी तिर्न नसक्दा हिरासतमा आत्महत्या !
SkywellSkywell

जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनुरजोडाका पल्टु रविदासले (महरा) गत चैत ११ गते दिनभरि काम गरे । साँझ घर पुगे । भाइ अघनु रविदासले खानेपानी (ह्यान्ड पाइप–कल)को विषय उठाए ।

कलको सरसफाइ र मर्मत–सम्भारमा नसघाएको भन्दै उनले पानी खान नदिने अडान लिए । विवाद हुन थाल्यो । दुवै दाजुभाइले मदिरा सेवन गरेका थिए । गाली–गलौजमा उत्रिए ।

पल्टुले काठको मुंग्रोले भाइ अघनुको टाउकोमा हिर्काए । अघनु तत्काल बेहोस भए, टाउकोबाट रगत बग्न थाल्यो । उपचारको लागि विराटनगर पठाइयो ।

KFC Island Ad
NIC Asia

गाउँमा भने घटनाको विषयमा राजनीतिकरण सुरु भयो । “त्यति बेला कांग्रेस पक्षका नेताहरुले पल्टुको बचाउ गर्न थाले । एमालेका नेताहरुले  अघनुलाई मुद्दा गर्न उक्साउन थाले,” वडाध्यक्ष गणेश यादवले भने, “तर, मेलमिलापको लागि कसैले सहकार्य गरेनन् । आफूले प्रयास गरे पनि त्यो सफल हुन् दिएनन् ।”

अस्पतालबाट डिस्चार्ज भएर आएपछि स्थानीय नेता लालजी यादवको सहयोगमा दाइ पल्टुमाथि धनुषा प्रहरीमा कुटपिट तथा अंगभंग मुद्दा दर्ता गराएको अघनुले बताए । “सहजै उपचार खर्च नदिँदा मुद्दा दर्ता गराएको थिएँ । स्थानीय नेता र जनप्रतिनिधिलाई पनि इलाज खर्च दिलाउन आग्रह गरेँ,” उनले भने, “तर, पैसा नदिँदा मुद्दा दर्ता गराए । यसमा मेरो के दोष ? ममाथि अन्याय भएको थियो । मैले न्याय पाउन मुद्दा गरेँ ।”

मुद्दा दर्ता भएपछि पल्टु डेढ महिना फरार भए । गएको असार २२ गते प्रहरीले पल्टुलाई पक्राउ ग¥यो । म्याद थप गरी अदालतमा हाजिर गरायो । गएको बुधबार अदालतले दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी मकेन्द्र मिश्रले जानकारी दिए ।

उक्त रकमको जोहो गर्न पल्टुकी श्रीमती रेनु रविदास जुटिन् । स्थानीय साहुलाई गुहार गरिन् । तर, कसैले पैसा नदिएको उनले बताइन् । “कुनै पनि साहुले पैसा दिन मानेका थिएनन् । एकजना साहुसँग ३६ प्रतिशत ब्याजदरमा ५० हजार रुपैयाँ ऋण लिएको थिएँ,” उनले भनिन्, “अरु पैसाको जोहो गर्दै थिएँ । पैसा पुगेपछि छुटाउन जान्छु भने सोचेको थिएँ ।”

वडाध्यक्ष यादवले उनको परिवारिक अवस्थाबारे जानकारी दिँदै भने, “सम्पत्तिको नाममा दुई धुर घडेरी र त्यसमा ठडिएको फुसको झुपडीबाहेक अरु केही छैन । पल्टु धरौटी रकम बुझाउन नसक्ने चिन्ताले डिप्रेसनमा आएर आत्महत्या गरेको हुनसक्छ ।”

हिरासतमा आत्महत्या

पल्टुले गएको शुक्रबार बिहान करिब ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा आत्महत्या गरेको बताइएको छ । थुनुवाकक्षको शौचालयमा इनर (कपडा)ले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । डीएसपी मिश्रका अनुसार बाल्टिनमाथि उभिएर भेन्टिलेसनमा पासो लगाई आत्महत्या गरेको देखिएको छ ।

मानवअधिकारकर्मी, स्थानीय जनप्रतिनिधि र परिवारजनको रोहबरमा शव निकालिएको थियो । शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । तीन दिनपछि परिवारजनले धरौटी रकम बुझाएर उनलाई छुटाउने तयारी गरेका थिए ।

हत्याको आशंका

परिवारजनले हत्याको आशंका गरेका छन् । प्रहरीले विपक्षीसँग आर्थिक चलखेल गरी हिरासतभित्रै हत्या गराएको उनीहरुको आरोप छ । हत्याको आशंका गर्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनसमेत गरेका छन् ।

शोकमा परिवार

पल्टुको मृत्युपछि परिवार शोकमा डुबेको छ । श्रीमती रेनु श्रीमान्लाई सम्झिएर भक्कानिएर रुन्छिन् । पटक–पटक मुर्छित हुन्छिन् । होस आएको बेला अन्याय भएको बताउँछिन् । प्रदर्शनमा सहभागी हुन्छिन् । छोराछोरी पाल्ने चिन्ताले उनलाई सताएको छ । पहिलो श्रीमतीको मृत्यु भएपछि पल्टुले रेनुसँग दोस्रो विवाह गरेका थिए । रेनुतर्फ दुई नबालक छोरी छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro