site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तोकिएकै समयमा लिग हुन्छ : एन्फा, क्लबहरू भन्छन्– तयार छैनौँ

काठमाडौं । मंगलबार ए डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले संयुक्त रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) मा पत्र बुझाए । ‘ए’ डिभिजन क्लबहरू जावलाखेल युथ क्लबका अध्यक्ष गहेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दिपक थापा, ब्रिगेट ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पकारले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेट गरी ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।

तर, उक्त विषयमा एन्फाले कुनै प्रतिक्रिया दिएको छैन । एन्फाले बैठक बोलाएर कुनै छलफल गर्ने भनेको छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा एन्फाले बैठक बोलाएर यस विषयमा छलफल गर्ने छ । कोरोना महामारीकाबीच नेपाली फुटबलको घरेलु लिग एक सिजन भएन । उक्त सिजन नभएको लिग यो सिजन पनि क्लबहरूले महामारीकाबीच नगर्न माग गरे ।
 
एन्फाले भने यो विषयलाई राजनीतिको रूपमा लिएको छ । कोरोना महामारीको अवस्था सामान्य हुँदै गएको र सबै खेलाडीले कोरोना खोप लगाइसकेको अवस्थामा मात्र आफूहरूले लिग गर्ने भएकाले महामारीको कुनै किसिमको जोखिम नहुने बताएको छ । कोरोनाको कहरकाबीच पनि एन्फाले लिग गर्ने योजना बनाएको छ । 

ए डिभिजन लिगका लागि मात्र सरकारले चार करोड बजेट विनियोजन गरेको छ । उक्त बजेटलाई एन्फाले सकरात्मक रूपमा लिएको छ । सरकारले छुट्याएको बजेट मात्र नभई विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले पनि नेपालको लिग गर्नका लागि पाँच लाख डलर छुट्याएको छ । उक्त रकमसँगै एन्फाले अन्य रकम विनियोजन गर्दै लिग गर्ने योजना बनाएको एन्फा अध्यक्ष शेर्पाले बताए ।
 
“हामीले तोकिएकै समयमा लिग गर्ने योजना बनाएका छौँ । एक वर्ष नभएको लिग लगातार दोस्रो वर्ष पनि गर्न नपाउँदा यसले राम्रो सन्देश जाँदैन । खेलाडी र फुटबल समर्थकका लागि पनि लिग नहुँदा राम्रो सन्देश मानिँदैन । कोरोनाको माहोल बिस्तारै नियन्त्रण हुँदै गएको छ । सबै खेलाडीहरूले खोप लगाइ सक्नेछन् । त्यसपछि जोखिम झनै कम हुनेछ,” अध्यक्ष शेर्पाले बाह्रखरीसँगको कुराकानीमा भने । 

शेर्पाले यास्तो समयमा पनि लिग नगर्न भनेर भन्नु खेलाडीको भविष्य माथि प्रश्न उठाउनुजस्तै भएको बताए । उनले खेलाडी खेल्न तयार भएको अवस्थामा क्लहरू पनि सक्रिय भएर लाग्नुपर्ने बताए । ए डिभिजन लिगमा एक क्लब र प्रतिनिधि मात्र नभएर सयौ खेलाडीको भविष्यको सवाल भएको उनले बताए । अध्यक्ष शेर्पाले कोरोना सम्बन्धि सम्पूर्ण पोर्टाेकल अपनाएर आफूहरू लाग्ने तयारी भएको र त्यसका लागि बजेट पनि तयार भएको बताए ।
 
“कोरोना नियन्त्रण सम्बन्धि सम्पूर्ण प्रोटोकल अपनाउने तरिकाले बजेट विनियोजन गरेका छौँ । सरकारले पनि सहयोग गरेको छ । लिग सुरु हुने समयसम्म सबै खेलाडीले पनि खोप लगाइ सक्नेछन् । त्यसपछि हामीले सावधानि पनि अपनाउने छौँ । कोरोनाको महामारी भयावह भएमा लिगको विकल्प सोचिएला तर यही नियन्त्रण भएमा हामीले जसरी पनि लिग सञ्चालन गर्नेछौँ,” शेर्पाले भने ।
 
उनले लिग गर्न नदिनका लागि एन्फामा राजनिति भइ रहेको पनि बताए । एक वर्ष लिग नहुँदा एन्फा भित्रै पदाधिकारीलाई भन्ने पाटो भएकोले लगातार दुई वर्ष लिग रोख्ने प्रयास भइरहेकोले त्यस्तो प्रयास पनि नगर्न उनले बताए । शेर्पाले लिग नखेल्ने क्लबलाई रेलिगेसनमा राखिने बताए । खेलाडी र खेलको भविश्यमाथि खेलबाड नगर्न उनले आग्रह पनि गरे । 

“लिग नखेल्ने क्लबहरू स्वतः रेलिगेसनमा जानेछन् । विरोधको पाटो एकतर्फ छ तर, खेलाडीकै भविष्यमाथि खेलबाड गर्ने तरिकाले कुनै पनि क्लबले पाइला नचलाऔँ । हामी खेलाडीका लागि हौँ । वर्षमा एकपटक हुने लिगका लागि आनाकानी गर्ने बानीलाई हटाऔँ,” अध्यक्ष शेर्पाले भने । 

गत असार १४ गते एन्फामा भएको ’ए’ डिभिजन क्लबको बैठकले सहिद स्मारक लिग आगामी असोज ३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो ।
 
यता थ्री स्टार क्लबका महासचिव सञ्जिव शिल्पकारले यस्तो जोखिमको समयमा खेल नगर्न आग्रह गरेको बताएका छन् । उनले आफूहरूको आशय खेल बिगार्न र खेलकुदमा विकृति ल्याउन नभएको बताए । उनले आफूहरू फुटबल हराउनभन्दा पनि जोगाउनको लागि लागिपरेको बताए । शिल्पकारले अफै अवस्था सामान्य नभएकाले एन्फालाई लिग केही सय पछि गर्न आग्रह मात्र गरेको बताए । त्यस्तै खेलाडी र पदाधिकारीको परिवार लगायतमा पनि यसको जोखिम आउने भएकाले यसलाई केही समयका लागि सार्न पनि आग्रह गरे । 

“हामी फुटबल हराउनभन्दा पनि जोगाउनको पछि लागि परेका छौँ । महामारी अझै नियन्त्रण भइसकेको छैन । अवस्था समान्य भएको छैन । १८ वर्षभन्दा तलका व्यक्तिहरूका लागि अझै खोप नआइसकेको हुनाले खेलाडीदेखि पदाधिकारीको परिवारलाई पनि जोखिम छ । यस्तो अवस्थामा पनि फुटबल गर्न पर्ने विषयमा एन्फाले बल गर्दा पछि आउने जोखिमलाई पनि जिम्मेवारी लिनुपर्छ,” शिल्पकारले बाह्रखरीसँगको कुराकानीमा भने । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro