देश
चितवन । चितवनको भरतपुर महानगरपालिका–१७, सिमलडाँडामा फेला परेको शव नेपाली सेनाका हुद्दाको रहेको पुष्टि भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले शव धादिङको नीलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्र दल गण टोखामा कार्यरत हुद्दा भरत गुरुङ रहेको जानकारी दिए । प्रहरीले बिहीबार बिहान घटनास्थल पुग्दा गोलीको खोका देखिएको जनाएको थियो ।
मृतकको टाउकोमा चोट लागेको छ । घटना बुधबार राति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
गुरुङ जग्गा खरिद–बिक्रीको सिलसिलामा चितवन आएको प्रहरीको प्रारम्भिक अनुमान छ । थप अनुसन्धान भइरहेको थापाले बताए ।
आज बिहान करिब सवा ८ बजे त्यहाँ शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८ १६:१७
प्रतिक्रिया दिनुहोस्