site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेस महाधिवेशन : ‘श्राद्धमा बिरालो बाँध्ने’ मूर्ख्याइँ 

दलको वैधतासमेत सङ्कटमा पर्दा पनि नेपाली काङ्ग्रेसका शीर्ष नेताहरू ‘क्रियाशील सदस्यता’मा विवाद गरेर बसेका छन् । अर्काथरी नेताहरूलाई अधिवेशनैपिच्छे जाग्ने पार्टीको नीति सिद्धान्तमा बहस गर्ने रहर यसपटक पनि जाग्न थालेकाे छ । 

कथित बुद्धिजीवी, विचारकहरूले त सधैँ नै नेपाली कांग्रेसलाई विचार, सिद्धान्त र कार्यक्रम केही नभएको इतिहासकाे ब्याजमा बाँचेका सत्तालोलुपहरूको जमात देख्दैआएका छन् । उनीहरूमध्ये सबैसँग कांग्रेसका लागि कुनै न कुनै ‘प्रेस्क्रिक्सन’ तयार छ । 

अहिलेसम्म कोभिड-१९ को सङ्क्रमणबाट सुरक्षित रहेर कानुनले तोकेको मितिभित्रै महाधिवेशन सम्पन्न गर्न अपनाउनुपर्ने विधि, प्रक्रिया र संयन्त्रका बारेमा भने कतै पनि खसै छलफल कतै भएको देखिएन । यसको अर्थ शीर्ष नेताहरू महाधिवेशनै नगर्ने वा गरे पनि सुविधामा कुनै बेला गर्ने रणनीति बनाउन लागेका छन् भन्ने त होइन नि ? 

Prabhu Bank
Agni Group
NIC Asia

अहिलेकाे नेतृत्वले धान्न नसके पनि नेपाली कांग्रेस नेपालकाे आधुनिक युगकाे सारथी हो । राजाले प्रतिबन्ध लगाउँदा पनि २० वर्ष प्रतिबन्धित पार्टीका रूपमा सशस्त्र र शान्तिपूर्ण आन्दोलन गरेकाे र  २०३६ पछिका १० वर्ष त खुलारूपमै पार्टीकाे कार्यालय सञ्चालन गरेकाे पार्टी हो । 

नेपाली कांग्रेसमा अहिले सङ्घर्षका ३० वर्ष खटेकैहरूकाे नेतृत्व छ । यसैले उनीहरूलाई पार्टीको वैधता जोगाउने विषय उति महत्त्वपूर्ण नलागेको हुनसक्छ । तर, तिनलाई फरक नपरे पनि एक्काइसौं शताब्दीको मूलधारकाे लोकतान्त्रिक पार्टीले महाधिवेशन गर्न नसकेर वैधता गुमाउनु सबैभन्दा ठूलाे राजनीतिक नालायकी ठहरिनेछ ।

Global Ime bank

क्रियाशील सदस्यता विवाद

अहिलेका नेताकाे साेच चरित्रजस्ताे भए पनि नेपाली कांग्रेस उदार लाेकतान्त्रिक स्वरूपकाे जनतामा आधारित दल हो । यसको सिद्धान्तसँग आचार र विचार मिल्ने उमेर पुगेका र विधानले निषेध नगरेका सबैले चाहेकाे बेला साधारण सदस्यता पाउनुपर्ने हो ।

साधारण सदस्यका रूपमा निश्चित अवधि र मापदण्ड पूरा गर्नेले चाहेमा स्वतः क्रियाशील सदस्यता पाउने पारदर्शी व्यवस्था गरेको भए अहिलेको झमेला हुने नै थिएन । तर, सदस्यता वितरण स्वच्छ होस् भन्ने नियत त कसैकाे पनि देखिएन । अहिलेको विवाद गरेर अलमलिनु उचित होइन ।

विवाद निकाल्ने धेरै जना संगठन विस्तारमा परिश्रम नगर्ने तर क्रियाशील सदस्य आफन्तलाई बनाएर सङ्ख्या धेरै देखाउन खोज्नेहरू नै हुन् । संस्थापन वा असन्तुष्ट जे जे भने पनि कुनै नेता चोखा छैनन् । यसैले अहिले घाउ धेरै कोट्याएर जाेरिपारी हसाउँनुभन्दा महाधिवेशन होस् भन्ने हो भने जिल्लाकाे आधिकारिक नामावलीमा विवाद नगरे हुन्छ । 

जाली नाममा क्रियाशील सलस्यता दिएकाे भए वडा अधिवेशनमै पन्छिन्छन् । नाम सही हो र व्यक्ति गलत लागेको हो भने महाधिवेशन प्रतिनिधिमा हराइदिए भइहाल्छ । पार्टीकाे दुई तहकाे चुनाव पार गरेर केन्दीय महाधिवेशन प्रतिनिधि भएकाे व्यक्तिको निष्ठामा शङ्का गर्ने हो भने विवाद गर्ने नेताकाे नियतमा पनि प्रश्न उठ्न सक्छ । 

महाधिवेशनकाे विधि र प्रक्रिया 

काेभिड-१९ को सङ्क्रमण, वर्षा र वैधानिक बाध्यताका कारण अहिले विशेष परिस्थिति हो । पार्टीको वैधानिकता समाप्त नगर्न अहिले भदाैभित्र महाधिवेशन गर्नै पर्छ । 

भारतमा भदौताका नै काेभिड-१९ को सङ्क्रमणकाे तेस्रो लहर आउनसक्ने चेतावनी सार्वजनिक भइसकेकाे छ । यस्ताे अवस्थामा देशभरका महाधिवेशन प्रतिनिधिलाई काठमाडौं बोलाएर सङ्क्रमणको जोखिममा पार्नु आत्मघाती मूर्खता हुनेछ । 

अहिलेकाे महाधिवेशनकाे मूल प्रयोजन सभापतिलगायत केन्द्रीय समितिकाे निर्वाचन हो । यसैले यसकाे कार्यसूची पनि त्यहीअनुसार तय गर्नु बुद्धिमानी हुनेछ । श्राद्धमा बिरालो बाँधेजस्ताे औपचारिकतामा नेपाली कांग्रेस बाँधिनु उचित पनि होइन ।

यसैले काठमाडौंमा सबै जम्मा हुनुकाे साटाे सकेसम्म  तल्लो तहमै चुनावकाे व्यवस्था मिलाउनु उचित हुनेछ । यसै पनि बर्खाको बेला छ । जिल्लाभित्रै आवतजावत गर्न मुस्किल हुन्छ भने काठमाडाैं आउन र फर्कन सजिलो हुँदैन । कराेडौं रूपियाँ खर्च हुन्छ । यता सहरमा सङ्क्रमणका बेला बस्ने खाने व्यवस्था मिलाउन पनि असम्भव प्रायः देखिन्छ । महाधिवेशनमा कार्यकर्तालाई नेताले खर्च दिए पनि कार्यकर्ता आफैँले जोहो गरे पनि ‘पाप’कै पैसा न हो । 

सङ्क्रमणको जोखिम कम हुने, अनावश्यक खर्च नहुने र निर्वाचन पनि हुने विधि र प्रक्रिया मिलाउन पनि त सकिन्छ । सके पालिका र वडास्तरमा नभए जिल्लामा मतदान र गणना गर्ने व्यवस्था मिलाएमा धेरै समस्या समाधान हुन्छ र अरू दललाई पनि बाटो खुल्छ । कोभिडको जोखिम साम्य भएपछि भव्य महाधिवेशन गरे भइहाल्छ । 

सैद्धान्तिक छलफल कि निर्वाचन ?

कम्युनिस्टको जस्ताे नेपाली कांग्रेसभित्र चर्को सैद्धान्तिक मतभेद हुने गरेकाे छैन । बितेका ३० वर्षमा एकपटक शेरबहादुर देउवाले पार्टी फुटाएबाहेक संगठनमा खासै उथलपुथल भएको पनि छैन । 

महाधिवेशनबाट अहिले अनुहार र कार्यशैली तथा अर्को पुस्तामा गए अभ्यासमा केही परिवर्तन होला । तर, यसै पनि भाषादेखि भंगीमासम्म पनि कम्युनिस्टको नक्कल गर्न लागेकाहरूले के नयाँ कुरा गर्लान् र ? 

अर्कातिर, नयाँ महाधिवेशन प्रतिनिधिमध्ये धेरैलाई सक्कली कांग्रेस बनाउन धेरै कुरा सिकाउनु जरुरी देखिन्छ । त्यसका लागि स्थानीय स्तरमै सघन संवाद र अन्तर्क्रिया गर्नुपर्ने हुन्छ । चुनाव पनि हुने महाधिवेशनमा त्यस्ताे कार्य सम्भव हुँदैन ।

अधिवेशनलगत्तै केन्द्रदेखि नै त्यस्तो  अनुशिक्षण सुरु गरे नीति र कार्यक्रममा कार्यकर्तामार्फत् जनभावना प्रतिविम्बित गर्ने अभ्यास थालिनेछ । यसैले अहिले सबैतहकाे निर्वाचन गर्ने र पछि महाधिवेशन र महासमितिमा पर्याप्त  छलफल गर्ने मौका दिनु उचित हुनेछ ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement