site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अवैध जुवालाई बैंकिङ क्षेत्रको साथ !
सांकेतिक तस्बिर

काठमाडौं । गएको जेठ २३ गते विज्ञापन बोर्डले एउटा विज्ञप्ति जारी गर्यो । उक्त विज्ञप्तिमा लेखिएको थियो, “नेपालमा केही समययता वान एक्स बेटको नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैध जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार भइरहेको जानकारी बोर्डमा प्राप्त हुन आएको छ । यस्ता कार्यहरु विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्थाविपरीत भएकोले तत्काल त्यस्ता गतिविधिहरु बन्द गर्न, त्यस्ता विज्ञापन तथा प्रमोसनल भिडियोहरु डिजिटल प्लेटफर्मबाट हटाउन सूचित गरिन्छ । अन्यथा, कानुनबमोजिम कारबाही हुनेछ ।”

बोर्डको विज्ञप्तिपछि केही प्लेटफर्मबाट विज्ञापन हटाइए । तर, भोलिपल्टै सबै ठाउँहरुमा त्यसको विज्ञापन देखिन थाल्यो । नेपालमा सट्टेबाजी (बेटिङ) पूर्ण रूपमा प्रतिबन्ध छ । यहाँ सट्टेबाजीसम्बन्धी कुनै पनि गतिविधि, प्रमोसन गर्न पाइँदैन । तर, नियमन गर्ने निकायहरुले यस विषयमा कुनै ध्यान दिएका छैनन् ।

वान एक्स बेटले लामो समयदेखि नेपालमा अवैध धन्दा चलाइरहेको छ । नेपालका धेरै युट्युब प्लेटफर्ममार्फत यसको प्रचार गरिन्छ । जसमा ठूला क्लबहरुको स्वामित्व रहेको र यसमा लगानी गर्दा कुनै किसिमको घाटा नहुने लोभ देखाइन्छ । युट्युब मात्र होइन, नेपालमा केही सञ्चारमाध्यमले पनि यसको प्रचार गरिरहेका छन् ।

Dabur Nepal

कसरी मिल्छ अवैध जुवालाई बैंकिङ सेक्टरको साथ ?

नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रचलन बढ्दो छ । हरेक बैंकको मोबाइल बैंकिङ, खल्ती, ई–सेवाजस्ता मोबाइल एप्लिकेसन छन् ।

वान एक्स बेटका नेपालस्थित एजेन्टहरुले आफ्नो खल्ती मोबाइल नम्बर पठाएर वान एक्स बेटको एकाउन्टमा डिपोजिट गर्न लगाउँछन् । खल्ती नेपालमा वान एक्स बेटका लागि धेरै प्रयोग हुने मोबाइल एप्लिकेसन हो ।

त्यसबाहेक वान एक्स बेटका एजेन्ट र प्रयोगकर्ताले ई–सेवा, प्रत्यक्ष मोबाइल बैंकिका मोबाइल एप्लिकेसनहरु प्रयोग गर्ने गर्छन् । जसमा पहिले प्रयोगकर्ताले एक हजार रुपैयाँ डिपोजिट गर्नुपर्ने हुन्छ । उक्त सुरुको डिपोजिट रकममा एजेन्टले २७ प्रतिशत रकम पाउँछ । तर, एजेन्टले ‘म्याक्सिमम’ रिफन्ड १२ सय उक्त वान एक्स बेटको एकाउन्टमा पठाइदिन्छ । त्यसपछि सुरु हुन्छ अवैध धन्दाको पाटो ।

कसरी पुग्छ बेटिङ कम्पनी एजेन्टसम्म र एजेन्ट प्रयोगकर्तासम्म ?

बेटिङ कम्पनी कुनै इमेलमार्फत एजेन्टसम्म पुग्ने माध्यम बनाउँछ । उक्त इमेलमा आफूले दिने सेवा–सुविधा तथा एजेन्टले पाउने सेवा–सुविधाको बारेमा जानकारी दिइन्छ ।

एजेन्ट बन्नका लागि सुरुमा तीनदेखि चार हजार डलरसम्म जम्मा गर्नुपर्छ । जम्मा गरेको रकम बराबरको एजेन्टले प्वाइन्ट पाउँछ । उक्त प्वाइन्ट डिपोजिट तथा विलड्र गर्न एजेन्टले पाउनेछ । उक्त प्वाइन्ट प्रयोगकर्ताले किन्ने र राख्ने गर्न सक्छन् ।

वान एक्स बेटका प्रयोगकर्ताले पहिले नागरिकतालगायत डकुमेन्ट दिएर एकाउन्ट बनाउनुपर्छ । उक्त एकाउन्ट बनिसकेपछि एजेन्टले आफ्नो खल्ती एकाउन्ट नम्बर दिन्छ । त्यसमा एजेन्टले कुन मोबाइल बैंकिङ प्रयोग गर्छ भन्ने हुन्छ । तर, नेपालमा बेटिङ कम्पनीहरुले खल्तीलाई मुख्य माध्यम बनाएको पाइन्छ ।

पहिले प्रयोगकर्ताले एजेन्टले दिएको नम्बरमा खल्तीमार्फत पैसा जम्मा गर्छन् । त्यसमा एजेन्टले विलड्र गर्न नमिल्ने गरेर ‘म्याक्सिमम’ रिफन्ड १२ सय उक्त वान एक्स बेटको अकाउन्टमा पठाइदिन्छ ।

प्रयोगकर्ताले जम्मा गर्नेबित्तिकै एजेन्टलाई २७ प्रतिशत बोनस जान्छ । नेपालमा धेरैले एजेन्ट बनेर यसको कारोबार गर्छन् । नेपालमा धेरै प्रयोगकर्ता छन्, जसले बेट गरेर पैसा कमाउँछन् अनि गुमाउँछन् पनि ।

पैसा नै नडुब्ने लोभ देखाई आकर्षित गर्छन् बेटिङ कम्पनी

वान एक्स बेटको प्रमोसनमा लगानी नडुब्ने आश्वासन दिइन्छ । यो एउटा ‘ट्रस्टेड’ बेटिङ कम्पनी भएको तथा ला लिगा, सिरी ए, प्रिमियर लिग क्लब, एफसी बार्सिलोनाजस्ता ठूला क्लब र लिगहरुसँग पार्टनर रहेको बताइन्छ ।

विज्ञापनमा थपिन्छ अर्काे झुटो आश्वासन, “हजुरहरुले बेट लगाउनुभयो र बेट लगाएको टिमले हार्‍यो भने पनि पैसा रिफन्ड हुन्छ । त्यही भएर पैसा हार्ने कुनै चान्स नै छैन ।” यो लाइनले मानिसलाई लोभ्याउँछ । ‘म्याक्सिमम’ रिफन्डचाहिँ एक हजार २०० को मात्रै हुने बताइन्छ ।

वान एक्स बेटको प्रमोसन गर्ने तरिका सबै प्लेटफर्ममा एउटै र मानिसलाई लोभ्याउने तरिका पनि उस्तै हुन्छ ।

के भन्छ नियामक निकाय ?

विज्ञापन क्षेत्रको सम्पूर्ण कार्यको अनुगमन तथा नियमन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको विज्ञापन बोर्डले गर्छ । त्यसो त बोर्डले वान एक्स बेटको प्रमोसन बन्द गर्न एकपटक विज्ञप्ति जारी गरिसकेको छ । तर पनि यसको प्रमोसन भइरहेको छ ।

अझै पनि नेपालमा प्रयोग हुने युट्युब, अनलाइनहरुमा यसको विज्ञापन देखिन्छ । ठूला खेलकुद प्रतियोगिता चलेको बेला यसको चर्चा धेरै हुन्छ ।

बोर्डले यही असार ८ गते नेपालमा हुने सबै खाले अवैध बेटिङहरुलाई रोक्न निर्देशन दिएको छ । त्यसको लागि बोर्डले प्रहरीलाई पत्र पनि पठाइसकेको छ ।

राष्ट्र बैंक भन्छ–कारबाही गर्छौँ

नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल भने भुक्तानी प्रदायक अथवा बैंक तथा वित्तीय संस्थाका माध्यमबाट ‘ब्याटिङ’ सट्टेबाजी लगाउन नपाउने बताउँछन् । “कुनै पनि संस्थाले त्यसरी सट्टेबाजी गर्छ भने उनीहरुलाई राष्ट्र बैंकले कारबाही गर्छ,”  उनले भने ।

राष्ट्र बैंकको विद्युतीय कारोबार हेर्ने  भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेल पनि अनलाइन सट्टेबाजी गैरकानुनी भएको बताउँछन् । 

“नेपालमा कुनै पनि कानुनले ‘सट्टेबाजी’ गर्न छुट दिएको छैन, यदि कुनैल गरेको छ भने कानु बमोजीम कारवाही हुन्छ,” उनले भने ।

राष्ट्र बैंकले खल्ती डिजिटल वालेटलाई यसअघि पनि यस विषयमा लिखित र मौखिक स्पष्टीकरण सोधिसकेको उनले बताए । 
तर खल्तीले भने कुनै पनि गैरकानुनी कार्य नगरेको जवाफ दिए पनि राष्ट्र बैंले अध्ययन गरिरहेको उनले बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १४, २०७८  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro