site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घोराही उपमहानगरले ल्यायाे २ अर्ब २० करोडकाे बजेट 

दाङ । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि २ अर्ब २० करोड २८ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नवौँ नगरसभामा बिहीबार नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले आगामी आर्थिक वर्षका लागि विकास तर्फ एक अर्ब ७ करोड २५ लाख ९५ हजार रुपैयाँ र चालुतर्फ एक अर्ब १३ करोड २ लाख ८३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

घोराही उपमहानगरपालिकाले सामाजिक विकास, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेको छ । शिक्षा, युवा तथा खेलकुद, जनस्वास्थ्य प्रबर्द्धन, महिला बालबालिका तथा जेष्ठ नागरिक गरी सामाजिक विकास अन्तर्गत ६९ करोड ७२ लाख ६४ हजार रुपैयाँ विनियोजन गरिएकाे छ । स्वास्थ्यतर्फ जनस्वास्थ्य प्रबर्द्धनका लागि ११ करोड ४१ लाख, कोरोना संक्रमितको उपचार, व्यवस्थापन र मृत्युभएका परिवारलाई आर्थिक सहयोगका लागि एक करोड ८० लाख विनियोजन गरिएकाे छ ।

बजेट सार्वजनिक गर्दै नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले कोरोना मनोसाजिक परामर्शका लागि १५ लाख, खोप व्यवस्थापनका लागि ३० लाख र अक्सिजन प्लान्ट सञ्चालन अनुदानमा २० लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिइन् ।

स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माणका लागि २ करोड ४० लाख, निःशुल्क रक्त सञ्चारका लागि ८ लाख, आमा सुरक्षाका लागि १५ लाख, निशुल्क मोतियाबिन्दुकाे शल्यक्रियाका लागि ८ लाख, जेष्ठ नागरिक घरदैलो स्वास्थ्य जाँचका लागि ८ लाख रुपैयाँ विनियोजन गरिएको छ । शिक्षा तर्फ स्नातक तहका अन्तिम वर्षका जेहेन्दार विद्यार्थीलाई पेड इन्टर्नसिप कार्यक्रमका लागि १० लाख, युवा तथा खेलकुदका लागि २५ लाख, डाक्टर र इन्जिनियर पढाउनका लागि १६ लाख, महिला, बालबालिका, जेष्ठ नागरिक, अपांग दलित, मुस्लीम, पिछडाबर्ग, मुक्त कमलरी, द्वन्द्व पीडितहरूको उत्थानका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, आर्थिक विकास अन्तर्गत ४ करोड ६० लाख ४ हजार रुपैयाँ विनियोजन भएको छ । पूर्वाधार विकासतर्फ सडक पिच, ग्राभेल तथा बाट स्तर उन्नतीका लागि ४६ करोड १० लाख, भवन निर्माणका साढे ५ करोड, सिँचाइका लागि ४ करोड ६५ लाख, पुल कल्भर्टमा २ करोड ४० लाख, पर्यटन पूर्वाधारतर्फ एक करोड ३४ लाख, विद्युत विस्तारका लागि ९३ लाख रुपैयाँ विनियोजन भएको छ ।

त्यसैगरी, सरसफाइतर्फ एक करोड ५ लाख ५० हजार, खरको छानो विस्थापितका लागि साढे २ करोड, विपद् व्यवस्थापन कोषमा एक करोड, जोखिमयुक्त जलाशय तारबार, हरियाली प्रबर्द्धन, भूक्ष्य रोक्ने जस्ता कार्यक्रमका लागि ६ करोड ४८ लाख २५ हजार रुपैयाँ विनियोजन भएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १८:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro