site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा कोरोना संक्रमण घट्दै, सक्रिय संक्रमितको संख्या ३०७ मा झर्‍याे

दाङ । दाङमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । दाङमा जेठको तेस्रो सातादेखि कोरोना संक्रमितको दर घट्न थालेको स्वास्थ्य कार्यालय दाङका प्रमुख कमल चन्दले जानकारी दिए । उनकाअनुसार निरन्तरको निषेधाज्ञा र उच्च सतर्कता अपनाएकाले जिल्लामा कोरोना संक्रमितको संख्या घट्दै गएको हो ।

पहिले दैनिक जिल्लामा ७०–७५ प्रतिशत व्यक्तिहरूमा कोरोना संक्रमण हुने गरेकोमा जेठको तेस्रो सातादेखि दैनिक २० देखि ३० प्रतिशतमा कोरोना संक्रमण हुने गरेको प्रमुख चन्दले बताए । अहिले दाङमा सक्रिय संक्रमितको संख्या ३०७ जना रहेको छ । 

यो वर्ष मात्रै जिल्लामा पिसीआर विधिबाट कोरोना परिक्षण गर्दा ११ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २४३ जनाको मृत्यु भएको स्वास्थ्य प्रमुख चन्दले बताए ।

कोरोना विशेष अस्पताल बेल्झुण्डीमा २५ जनाको उपचार जारी
दाङको कोरोना विशेष अस्पतालमा अहिले २५ जना सक्रिय कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये २ जना पूर्व रुकुमका २ जना रोल्पाका र २१ जना दाङका कोरोना संक्रमितहरूको उपचार भइरहेको अस्पताल व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । 

उपचाररत मध्य १५ जनाको आईसीयूमा र १० जनाको एचडीयूमा उपचार भइरहेको र त्यसमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको वलीले बताए ।

व्यवस्थापक वलीका अनुसार अस्पतालमा वैशाखमा दैनिक १०–१५ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना हुन आउने गरेकोमा जेठको तेस्रो सातादेखि दैनिक २–३ जना विरामी अस्पतालमा भर्ना भइरहेका छन् । 

अहिले अक्सिजनको पनि अभाव छैन । हाल दैनिक दुई सय सिलिन्डर अक्सिजन आउने गरेको छ । तीमध्ये १५० सिलिन्डर खपत हुने गरेको छ भने ५० सिलिन्डर अर्को दिनका लागि बाँकी राख्ने गरिएको छ ।

कोरोना बिशेष अस्पताल स्थापना भए देखि अहिले सम्म ८४ जनाको मृत्यु भएको छ भने ३४ जना अन्य अस्पतालमा रेफर गरिएको वलीले जानकारी दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २०:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro