site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सभामुखद्वारा बोलाइएको सर्वदलीय बैठक आज बस्दै, प्रधानमन्त्री सहभागी होलान् ?

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज प्रधानमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्ने भएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् । 

उनले राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् । उनले शुक्रबार २ बजे छलफलका लागि संसद् भवन नयाँ बानेश्वरमा बोलाएका छन् ।

छलफलमा सहभागिताका लागि दलका प्रमुख नेताहरूलाई सभामुखले पत्र पठाएका थिए । उक्त छलफलमा प्रधानमन्त्री सहभागी नहुने बिहीबार प्रधानमन्त्रीकाे सचिवालयका एक सदस्यले जानकारी दिए थिए । 

“प्रधानमन्त्रीको नाममा पार्टी कार्यालयमा पत्र पुगेको रहेछ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबार हो,” सचिवालयका ती सदस्य भन्छन्, “प्रधानमन्त्रीलाई पत्र पठाउने त्यसरी होइन । भेटेर छलफल गर्ने हो । यसरी बोलाएको बैठकमा उहाँ जानु हुन्छ कि हुँदैन भन्ने पनि छ ।”

प्रधानमन्त्रीको हैसियतले भन्दा पनि पार्टी अध्यक्षको हैसियतले पत्र पठाएको पाइएको भन्दै सचिवालयका ती सदस्य भन्छन्, “पार्टी कार्यालयमा पठाएको पत्र त्यहाँबाट प्रधानमन्त्रीलाई पठाउने पनि आफ्नै प्रक्रिया हुन्छ । त्यसैले सबै कार्य विधि र प्रक्रिया अनुसार हुन्छ ।”

यता, एमालेका असन्तुष्ट खेमाको नेतृत्व गरिरहेका माधवकुमार नेपाल भने बैठकमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै प्रक्रिया–पद्धति मिचेर संसद् विघटन गरेको भन्दै विपक्षी गठबन्धन १४६ सांसदको हस्ताक्षर लिएर अदालत पुगेको छ । मुद्दामाथि सुनुवाइ सुरु भएको छ । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro