site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आक्रामक फुटबलबाट सकारात्मक नतिजाको अपेक्षा 

काठमाडौं । नेपाली फुटबल टोलीमा पछिल्लोपटक आक्रामक फुटबलको चर्चा छ । कुवेती प्रशिक्षक अब्दुल्लाहा अल्मुताइरीले नेपाली टोली सम्हालेको केही महिनामा नै यसले चर्चा पाउन थाल्यो । 

उसोत नेपाली फुटबलमा नयाँ प्रशिक्षक आउँदा यस्तो चर्चा चल्ने सधैँ चल्छ ।  त्यसैको शिलशिला हो यो । तर, नेपाली टोलीले खेल्ने तरिकामा भने परिवर्तन आएकै हो । 

त्यसैको रिजल्ट हो नेपाली टोलीले इराक जस्तो बलियो टोलीसँग दुई गोल गर्न सक्नु र चाइनिज ताइपेईसँग बलियो पकड जमाउन सक्नु । नेपाल  इराकसँग ६–२ गोल अन्तरले पराजित हुन पुग्यो । नेपालले यो नतिजा ल्याएको दोस्रो दिन नै सन् २०२२ को विश्वकप फुटबल र २०२३ को एसियाकप फुटबलका लागि दोस्रो चरणको छनोट खेलमा चाइनिज ताइपेइविरुद्ध २–० गोलको जित निकाल्न सफल भयो । 

नेपाली टोलीको लामो समयपछि आएको यस्तो खालको प्रदर्शनको मुख्य श्रेय प्रशिक्षक आल्मुताइरीलाई नै जान्छ । 

विश्वकप छनोट अन्तर्गत नै तुलनात्मक रुपमा जोर्डन नेपालभन्दा बलियो टोली हो । नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डनविरुद्धको खेलमा नेपालको लक्ष्य स्पष्ट जित भएको बताएका छन् ।

उनले नेपाली टोलीले पछिल्लो समय गरिरहेको प्रदर्शनका आधारमा नै नेपाललाई कमजोर आँक्न नमिल्ने बताए । यता, जोडर्नका प्रशिक्षक भिटल ब्रोकेल मान्सले नेपाली टोलीको प्रदर्शन पहिलाभन्दा धेरै परिवर्तन भएको बताएका छन् । 

नेपाललाई आफूहरुले पहिलेको जस्तो टोलीको रुपमा नलिएको र नेपालको प्रदर्शन पनि उत्कृष्ट भएको उनले बताएका छन् । 

यता, नेपालका प्रशिक्षक अल्मुताइरीले प्रि–म्याच कन्फ्रेन्समा नेपाल जोर्डनविरुद्ध उच्च मनोबलका साथ जितका लागि मैदानमा उत्रने बताए । नेपालले विश्वकप छनोटअन्तर्गत आज जोर्डनसँग खेल्दै छ । नेपाल र जोर्डनको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।

“जोर्डन बलियो टोली हो । हामीलाई अन्डरडग भनेका छन् । जोसँग जोर्डनविरुद्ध कुनै मौका नै छैन । तर, हरेक खेल शून्यबाट सुरु हुन्छ । नतिजा मैदानमा गरिने प्रदर्शनमा निर्भर रहन्छ । सबै मैदानमा नै देखिनेछ,” अलमुताइरीले भने ।

प्रशिक्षक अल्मुताइरीले टिममा धेरै खेलाडी परिवर्तन पनि गरेका छन् । नेपालको फेरिएको आक्रमक फुटबल हेर्नलायक छ । अलमुताइरीले नेपालको लक्ष्य एसिया कपमा छनोट हुने रहेको बताए । उनले एसिया कपमा छनोट हुनका लागि जोर्डनलाई हराउन आवश्यक रहेको बताए । “हाम्रो लक्ष्य एसियन कपमा छनोट हुनु हो । त्यसका लागि हामीलाई जोर्डनविरुद्ध जित चाहिन्छ । त्यसका लागि हामीले राम्रो तयारी पनि गरेका छौँ,” उनले भने ।

विश्वकप छनोटको पहिलो लेगको खेलमा जोर्डनले नेपाललाई ३–० ले हराएको थियो ।

नेपालले जोर्डनविरुद्ध हालसम्म तीन खेल खेलेको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध दुई खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०११ को जुलाईमा जोर्डनसँग खेलेको थियो । जोर्डनको मैदानमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो ।

त्यसपछि नेपालले घरेलु मैदानमा २०११ को जुलाई २८ मा नेपालमा भएको खेलमा नेपालले जोर्डनलाई १–१ गोलको बराबरीमा नतिजा हात पारेको थियो । दशरथ रंगशालामा नेपालका लागि भरत खवासले गोल गरेका थिए । पछिल्लो पटक नेपालले जोर्डनसँग २०१९ को अक्टोबरमा खेलेको थियो ।

विश्वकप छनोट अन्तर्गत नै नेपालले जोर्डनसँग उसैको मैदानमा खेलेको थियो । उक्त खेलमा नेपाल ३–० ले पराजित भएको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा छ । जोर्डन ५ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा छ ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, जेठ २४, २०७८  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro