site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘प्रश्न उठेका’ दुई न्यायाधीशले इजलास नछाड्ने, बाँकी दुईले दिए बाहिरिने चेतावनी !

काठमाडौं । कानुनविदहरुले ‘प्रश्न उठाएका’ दुईजना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नबाहिरिने स्पष्ट पारेका छन् ।

उनीहरु दुईजनाका विषयमा कानुनविदहरुले लगातार प्रश्न उठाएका थिए ।  शुक्रबार र आइतबार भएका रिटमाथिको सुनुवाइमा दुईजना न्यायाधीशका विषयमा प्रश्न उठेको थियो ।

प्रधानन्यायाधीशको जवाफ– फैसला हेरेर न्यायाधीश बेठिक भन्ने अधिकार तपाईंलाई छैन 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतमा चारजना न्यायाधीशसँग छलफल गरेको सर्वोच्च स्रोतले जानकारी दियो ।

अघिल्लो संवैधानिक इजलासमा सहभागी न्यायाधीश केसीमाथि वरिष्ठ अधिवक्ता कार्कीले उठाए प्रश्न 

स्रोतका अनुसार बैठकमा प्रधानन्यायाधीशले प्रश्न उठेका दुईजना न्यायाधीशलाई ‘आफैँ निर्णय गर्न’ भनेका थिए ।

 

फैसलाले पार्टी फुटाइदिनुभयो, अनि आजको अवस्था आयो : शम्भु थापा 

तर उनीहरुले नबाहिरिने बताएपछि बाँकी रहेका दुईजना न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले ‘बाहिरिँदा राम्रो हुने’ सुझाव दिएको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशलाई शम्भु थापाको सुझाव– मुद्दा प्रभावित हुन्छजस्तो लागे बिदामा बस्दा पनि हुन्छ 

केसी र श्रेष्ठले नबाहिरिने अडान कायमै राखेपछि कार्की र भट्टराईले नभए आफूहरु बाहिरिने चेतावनी दिएको स्रोतको दाबी छ ।

श्रेष्ठ र केसीको सहभागितामा इजलासमा प्रश्नको ओइरो, अलग बस्न कानुनविदको सुझाव 

स्रोतका अनुसार रोष्टरमा रहेका १३ न्यायाधीशसँग आज छलफलको तयारी गरेका थिए । तर छलफल हुन नसकेको स्रोतले जानकारी दियो ।

प्रधानन्यायाधीशको प्रश्न– म तपाईंहरुलाई दिएँ भने तपाईंहरु न्यायाधीश छान्नुहुन्छ 

महान्यायाधिवक्ताको चेतावनी– अधिवक्ताहरुलाई के गर्नुपर्छ मैले जानेको छु

प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्