site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
श्रेष्ठ र केसीको सहभागितामा इजलासमा प्रश्नको ओइरो, अलग बस्न कानुनविदको सुझाव 
Sarbottam CementSarbottam Cement


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने फैसला गरेको न्यायाधीश संवैधानिक इजलासमा बस्दा प्रश्न उठ्न सक्ने भन्दै आइतबार वरिष्ठ अधिवक्ताहरुले लगातार प्रश्न उठाएका छन् ।

वरिष्ठ अधिवक्ता गोबिन्द बन्दीले सुरुमै प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फैसलालाई लिएर प्रश्न नउठाउन आग्रह गरेका थिए ।

त्यसपछि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले पनि प्रश्न उठाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले “संवैधानिक इजलासमा त म पनि छु, मलाई वायस नगरौँ । यो बारको अधिकार हो । मलाई मोरल दायित्व पर्दैन र ?’ भनी प्रश्न गरेका थिए ।

त्यसपछि कार्कीले यो ‘सम्माननीयको व्यक्तिगत विचार हो’ भनी जवाफ दिएका थिए ।

Global Ime bank

वरिष्ठ अधिवक्ता शम्भु थापाले पनि नेकपा फुटाउने फैसलाले अहिलेको अवस्था आएको बताएका थिए ।

उनले आइतबार संसद् विघटनसम्बन्धी बहसमा भाग लिँदै भने, “पार्टी फुटाउनुभयो, अब तिमीहरु अलग अलग बस भन्दिनुभयो, प्रधानमन्त्री ७६(२) मा पुर्‍याइदिनुभयो । त्यही प्रक्रियाका कारण बहुमत अल्पमतको खेल सुरु भयो र आजको अवस्था आयो ।”

अर्का वरिष्ठ अधिवक्ता हरिहर दाहालले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँगै प्रचण्ड पनि रिट लिएर आएको हुँदा सोही पार्टी विभाजन गर्ने न्यायाधीशले सहभागितामा विचार गर्नुपर्ने बताएका थिए ।

“देउवासँगै प्रचण्ड पनि रिट लिएर आउनुभएको छ, यसलाई श्रीमानले असहजरुपमा सोचिदिनुभएन । श्रीमानमाथि उठेका प्रश्नमा विचार गर्नुहुन्छ कि भन्ने मेरो विचार हो,” उनले भने ।

अर्का वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधीवक्ता मुक्ति प्रधानले दुईजना न्यायाधीशका सम्बन्धमा व्यक्तिगत केही पनि आपत्ति नभएको तर यो मुद्दामा जोडिएकाले नैतिकताको प्रश्न उठेको बताएका थिए ।

अर्का वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायाधीशले निष्पक्ष फैसला दिएरमात्रै नभइ न्याय भएको छ कि छैन भनेर सरोकारवालाले पनि विश्वास गर्नुपर्ने बताए ।

“त्यसकारण पक्षको हिसाबाले हामी पक्षको अधिकार पनि हो दुईजना न्यायाधीश यसबाट अलग हुनु उपयुक्त हुन्छ,” भट्टराईले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  १२:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC