site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटना

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल चढेको कार दुर्घटनामा परेको छ । दुर्घटनामा परी नेपाल पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार सुदीप गौतमको टाउकोमा सामान्य चोट लागेको छ । अरू सकुशल छन् ।

पाेखरेलकाे प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको कारमा दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, शाखा उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम सवार थिए । कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्काेर्पियाेले ठक्कर दिएको हो । 

गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पोखरेल पहिलोपटक गृहजिल्ला दाङ आएका थिए । हिजो घोराहीका पत्रकारहरूसँग भेटघाट गरेका उनले आज तुलसीपुरका पत्रकारहरूसँग भेटघाटका लागि त्यहाँ गएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro