site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
प्रदेश–२ मा कतै भेन्टिलेटर, कतै जनशक्ति अभाव
SkywellSkywell

जनकपुरधाम । गएको वैशाख २६ गते भेन्टिलेटर अभावमा जनकपुरधाममा एकजना कोरोना संक्रमितको मृत्यु भयो । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशिक अस्पतालमा उपचार्थ जलेश्वर नगरपालिका–४ का ५५ वर्षीय सुखिचन महतोको भेन्टिलेटर अभावमा मृत्यु भएको थियो ।

वैशाख ३० गते महोत्तरी गाउँपालिका–४ का ४२ वर्षीय रघुनाथ पाण्डेयलाई श्वासप्रश्वासमा समस्या आएपछि जलेश्वर अस्पतालमा भर्ना गरियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पतालले उनलाई भेन्टिलेटरमा राख्नुपर्ने भन्दै प्रादेशिक अस्पताल जनकपुर रेफर गर्याे । जनकपुर लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको पाण्डेयका आफन्त वैभव चौधरीले जानकारी दिए ।

प्रदेश–२ का अस्पतालमा कतै आईसीयू र भेन्टिलेटर नहुँदा बिरामीको मृत्यु भइरहेको छ भने कतै भएका उपकरण सञ्चालनमा ल्याउन नसक्दा बिरामीले ज्यान गुमाएका छन् ।

KFC Island Ad
NIC Asia

प्रदेश सरकारले गत वर्ष वैशाख ७ गते ५० वटा भेन्टिलेटर खरिद र कोभिड अस्पताल बनाउने निर्णय गरेको थियो । तर, अझै निर्णय कार्यान्वयन भएको छैन ।

प्रदेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले प्रदेशिक अस्पतालमा भेन्टिलेटर नहुँदा धेरै संक्रमितलाई बाहिर रेफर गर्नुपरेको बताए ।

कोभिड अस्पताल पनि बनेन
गत वैशाख २० गते जनकपुरस्थित मणिपाल शिक्षण अस्पतालको भवनलाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको थियो । अहिलेसम्म त्यसको प्रारम्भिक काम मात्र सुरु भएको छ ।

प्रदेश सरकारले निर्माण गर्न लागेको १०० बेड क्षमताको उक्त भवनलाई २० दिनभित्रै कोरोना विशेष अस्पतालको रुपमा प्रयोगमा ल्याउने गरी काम अगाडि बढाइएको बताइएको छ ।

हालसम्म अस्पताल वरपर घाँस उखेल्ने र सरसफाइ मात्र भएको छ । प्रदेश सरकारले मणिपाल शिक्षण अस्पतालको जीर्ण भवनलाई कोभिड अस्पतालको रुपमा विकास गर्ने जिम्मा मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक एवं सिनियर डिभिजन इन्जिनियर भगवान झालाई दिएको छ ।

त्यहाँ २० आईसीयू बेडसहित १०० शययाको कोभिड अस्पताल सञ्चालनमा ल्याइने इन्जिनियर झाले जानकारी दिए । अस्पताल सञ्चालनका लागि अनलाइन टेन्डर प्रक्रिया पूरा भएको र जनशक्ति भर्ना प्रक्रिया अगाडि बढाइएको उनले बताए ।

जनशक्ति अभावमा थन्किए भेन्टिलेटर
जनशक्ति अभावले जिल्ला अस्पताल जलेश्वरको आईसीयू तथा भेन्टिलेटर थन्किएका छन् । आईसीयू र भेन्टिलेटर सञ्चालन नहुँदा त्यहाँबाट रेफर भएका बिरामीले ज्यानै गुमाएका छन् ।

एक वर्षअघि दुई करोड रुपैयाँ खर्चेर जडान गरिएको पाँचवटा भेन्टिलेटर सञ्चालनका लागि जनशक्ति पठाउन प्रदेश सरकारलाई बारम्बार तकेता गरे पनि अटेर गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेय बताउँछन् ।

प्रदेश सरकारले केही स्वास्थ्यकर्मी पठाए पनि अति आवश्यक रहेको इन्टर्नल मेडिसिन, एमडी एनेस्थेसिया र रेडियोलोजिस्ट नपठाउँदा सेवा सञ्चालन गर्न नसकिएको उनले स्पष्ट पारे ।

प्रदेश सरकारले स्टाफ नर्स तथा मेडिकल अफिसर मात्रै पठाएको भन्दै अस्पताल रेफरल सेन्टरजस्तै भएको देख्दा आत्मग्लानि महसुस भएको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro