देश
दाङ । दाङमा पछिल्लो २४ घन्टामा ४६७ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै ७ जनाको मृत्यु भएको छ ।
दाङमा घोराही उपमहानगरपालिकामा सबैभन्दा धेरै सक्रिय संक्रमित छन् । त्यहाँ संख्या १,१३४ जना, तुलसीपुर उपमहानगरपालिकामा १०५७, लमही नगरपालिकामा १०६ सक्रिय संक्रमित पुगेका छन् ।
त्यस्तै बबईमा गाउँपालिकामा ४२, शान्तिनगरमा ३४, दंगिशरणमा २६, बंगलाचुलीमा १२, राप्तीमा ४०, राजपुरमा ८ र गढवा गाउँपालिकामा २२ जना सक्रिय संक्रमित रहेको जिल्ला जनश्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।
हालसम्म जिल्लामा सक्रिय संक्रमित २४८१ पुगेको छ ।
दाङमा होम आइसोलेसनमा २,३५१ जना संक्रमित छन् । हालसम्म दाङमा १०४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८ १८:५५
प्रतिक्रिया दिनुहोस्