राजनीति
काठमाडौं । कोरोना संक्रमित सासदहरू पनि साेमबार (भाेलि) संसद्मा हुने मतदानमा सहभागी हुन पाउने भएका छन् ।
शुक्रबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदलाई पनि मत हाल्न दिने व्यवस्था मिलाउने निर्णय गरेको हो । हाल २६ जना सांसद कोरोना संक्रमित छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदमा विश्वासको मत लिँदैछन् ।
बैठकले विश्वासको मत लिने प्रक्रिया भोलि नै टुंग्याउने निर्णय पनि गरेको छ । कोरोना परीक्षण नगरेका सांसदहरूले अनिवार्य परीक्षण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८ १६:२६
प्रतिक्रिया दिनुहोस्