site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
नेताहरुको स्वार्थमा सती जान सकिँदैन, राजीनामा दिन्नँ : गंगा चौधरी
फाइल तस्बिर ।
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहकी सांसद गंगा चौधरी (सत्गौवा)ले नेताहरुको पदको स्वार्थका लागि आफूले राजीनामा नदिने बताएकी छन् ।

उक्त समूहले सामूहिक राजीनामा दिनेबारे छलफल गरिरहेका बेला दाङकी समानुपातिक सांसद चौधरीले भने आफू पार्टी एकताको पक्षमा रहेको बताइन् । “सबै मिलेर पार्टी एकता जोगाउनुपर्छ । पार्टी विभाजन गर्न मिल्दैन । हामीले कदापि राजीनामा दिनु हुँदैन । म राजीनामा दिन्नँ पनि । पार्टी एकताको पक्षमा छु । पहिले पनि नेकपाको एकताको पक्षमा थिएँ,” उनले भनिन् ।

पदमा कुरा नमिलेर पार्टी नै विभाजन गर्न नहुने उनको भनाइ छ । नेताहरुको कुरा नमिल्दा आफूहरु सती नजाने उनले बताइन् । “पद पाउनका लागि होडबाजी हैन । पद त्यागेर भए पनि पार्टी जोगाउनुप¥यो । राजीनामा दिएर आफ्नै पार्टीको सरकारलाई अफ्ठ्यारोमा पार्ने, त्यहाँभन्दा ठूलो अपराध हुन सक्दैन । पार्टीमा कुनै नेताको कुरा नमिल्दा हामी सती जान सक्नदैनौँ,” उनले बाह्रखरीसँग भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २६, २०७८  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro