site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घोराहीको जंगलमा भेटियाे मानव कंकाल
सांकेतिक तस्बिर

दाङ । दाङ घोराहीको एक जंगलमा मानव कंकाल भेटिएको छ । घोराही लेटार जनकपुरको जंगलमा भेटिएको उक्त कंकाल केही महिनादेखि हराइरहेका सञ्चारकर्मी देवेन्द्र ओलीको हुन सक्ने आशंका गरिएको छ । तर परिवारले भने अहिलेसम्म देवेन्द्रको कंकाल हो भनेर स्वीकार गरिसकेको छैन ।

कंकालको डीएनए परिक्षणबाट मात्रै यथार्थ थाहा हुने भन्दै परिवारले डीएनए परिक्षणको माग गरेको छ । कंकालसँगै ज्याकेट, घडी, जुत्ता भेटिएका छन् । ज्याकेट, घडी र जुत्ता भने देवेन्द्रकै हुन सक्ने उनका बुवा दाेर्ण अ‍ाेलीले बताए ।

"ज्याकेट, घडी र जुत्ता छोरा देवेन्द्रकै हो जस्तो देखिन्छ," देवेन्द्रका बुवा दोर्णले भने, "तर यी तीन चिजकै आधारमा छोराकै कंकाल हो भनेर भन्न सकिने अवस्था छैन ।"

उनकाअनुसार देवेन्द्रले प्रयोग गरेको मोबाइल र लगाएको सर्ट भने फेला परेको छैन । डीएनए परीक्षणबाट नै छोराको शव हो वा हैन भन्ने थाहा पाइने अन्यथा स्वीकार्न नसक्ने दोर्णको भनाइ छ ।

"डीएनए परीक्षणबाट मात्रै यथार्थ थाहा हुन्छ । त्यो नहुँदा सम्म छोराको शव हो भनेर हामीले स्वीकार्दैनौँ," दोर्णले भने, "डीएनए परिक्षणका लागि प्रकृया सुरु गर्ने भन्ने कुरा भएको छ ।"

गत माघ १५ गते घोराहीस्थित दिदीको घरबाट निस्केका देवेन्द्र त्यसयता बेपत्ता छन् । उनी दिदीको घरमा डेरा गरी बस्दै आएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro