site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा ३ बालक मृत्यु प्रकरण : कार धनी र चालकविरुद्ध ज्यान मुद्दा चलाइयाे, बयान 'शंकास्पद'
फाइल तस्बिर

दाङ । तुलसीपुरको स्याउली बजारमा एउटा कार भित्र तीन जना बालक मृत फेला परेकाे घटनाकाे अनुसन्धान गर्न प्रहरीले आइतबार कार धनी र चालकलाई पक्राउ गरेर मुद्दा चलाएको छ । घटना अनुसन्धानका लागि पक्राउ गरिएका कारधनी तुलसीपुर ६ का ३३ वर्षीय यादबप्रशाद गैरे र सोही ठाउँका ५७ वर्षीय चालक पदमबहादुर बस्नतेविरुद्ध प्रहरीले ज्यान मुद्दा चलाएको हाे । 

स्याउली बजारमा विगत तीन महिनादेखि पार्किङ गरेर राखेको इन्डियन नम्बर प्लेटको एउटा कारभित्र शनिबार बेलुकी तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ वर्ष मुनिका तीन जना बालकको शव फेला परेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले गाडी धनि गैरे र चालक बस्नेतलाई पक्राउपछि ज्यान मुद्दा चलाएको जानकारी दिएका छन् । उनीहरूले गत माघ १ गते उक्त स्थानमा कार लक गरेर  पार्किङमा राखेको भन्ने बयान प्रहरीसमक्ष दिएकाे सिंहले बताए ।

"लक गरी राखेको कार भित्र तीन बालक कसरी भित्र छिर्न सके ? त्यहाँनेर आशंका छ," डीएसपी सिंहले भने, "माघदेखि पार्किङ गेरर राखिएको कारको बत्ती कसरी बल्यो ? भन्ने कुरापनि शंकास्पद देखिएको छ।"

धेरैले लामो समयदेखि पार्किङमा रहेकाे कारमा बेलुकीपख सबै बत्तीहरू बलेको देखेर स्थानीयले त्यहाँ हेर्न गएका थिए । स्थानीयले हेर्दा कारभित्र तीन बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै इन्डियन नम्बर प्लेटको कार लामो सयमदेखि पार्किङमा राखिएकाले कार चोरीको हुनसक्ने प्रहरीको आशंका छ ।

गैरेले आफूले इन्डियास्थित कानपुरको एक हस्पिटलमा काम गर्ने गरेको र त्यो कार साथीको भएको बताएका छन् । लकडाउनले गर्दा कार छोड्न जान नभ्याएको भन्ने बयान उनले प्रहरीसमक्ष गरेको प्रहरी अधिकारीले बताएका छन् । 

यसैबीच तीन बालकको शव पोस्मार्टमका लागि फरेन्सिक एक्सपर्ट चिकित्सककाे टाेली बुटबलबाट तुलसीपुर झिकाइएकाे छ । इप्रका तुलसीपुरका प्रमुख सिंहले तुलसीपुरमा फरेन्सिक एक्सपर्ट डाक्टर नभएको हुँदा शव पोस्मार्टमका लागि एक्सपर्ट बुटवलबाट झिकाउनु परेको जानकारी दिए । प्रहरीले बाँकेबाट घटना अनुसन्धान गर्न तालिमप्राप्त कुकुर र विज्ञ प्राविधिकसमेत झिकाएको थियो । बाँकी कुरा अनुसन्धान र पाेस्टमार्टम रिपोर्टपछि मात्रै थाहा हुने प्रहरीले बताएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro