site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा भोलिदेखि निषेधाज्ञा
फाइल तस्बिर : फेसबुकबाट ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले वैशाख १९ गते राति १२ः०० देखि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ ।

यही वैशाख ३१ गते राति १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञामा औषधि उपचार, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायकपर्ने स्थानमा जानबाहेक अनावश्यक काममा हिँड्डुल गर्न नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जिल्ला संकट व्यवस्थापन केन्द्रको आज जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको बैठकले जनभावनाअनुसार नै निषेधाज्ञा लागु गरेको प्रमुख जिल्ला अधिकारी रतमणि पाण्डेले जानकारी दिए । बैठकले अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अन्डा, फलफूल तथा तरकारी) बिक्री–वितरण गर्ने पसल बिहान ५ देखि ९ बजेसम्म मात्र खोल्न पाइने, औषधि पसल, पेट्रोलपम्प, ग्यास डिपो, अक्सिजन सिलिन्डर पसल, सवारी–साधन मर्मत गर्ने तोकिएका वर्कसप नियमित सञ्चालन गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताए ।

उनका अनुसार, बैठकले जिल्लामा एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबिजन बोक्ने गाडी, औद्योगिक कच्चापदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत्, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी–साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी–साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमतिप्राप्त सवारी–साधनबाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक सवारी–साधन सञ्चालनमा रोक लगाएको छ ।

Royal Enfield Island Ad

त्यस्तै, बैंक, वित्तीय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट बिहान ९ देखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय बैठकले गरेको प्रजिअ पाण्डेले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १८, २०७८  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro