site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर लगानीकर्तालाई कारोबार अवधी छुट्याएर पुँजीगत लाभकर लगाउन फोरमको माग
SkywellSkywell

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमले सेयर बजामा लगानीकर्ता र कारोबारी छुट्याएर पुँजीगत लाभकर लगाउन माग गरेको छ । फोरमले आगामी बजेटका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलाई भेटेर दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्तालाई दुई भागमा बाँडेर दिर्घकालीन र अल्पकालीन लगानीकर्तालाई फरक–फरक पुँजीगत लाभकरको व्यवस्था गर्न माग गरेको छ ।  

फोरमले कति अवधि सेयर होल्ड गर्नेलाई अल्पकालीन र दिर्घकालीन भन्ने भनेर लगानीकर्ताको अवधि नै तोकको छ । फोरमले १ वर्षभन्दा बढी समय सेयर होल्ड गर्नेलाई २ प्रतिशत र १ वर्षभन्दा छोटो समयको लागि कारोबार गर्ने (टे«डर) लाई ५ प्रतिशत पुँजीगत लाभकर गर्न माग गरेको छ । यस्तै फोरमले प्राकृतिक व्यक्तिको हकमा अहिलेको ५ प्रतिशत पुँजीगत लाभकरलाई अन्तिम कर मान्न माग गरेको छ ।

Dabur Nepal
NIC Asia

संस्थागत लगानीकर्तालाई धितोपत्र बजारमा आकर्षण गर्न संस्थाले कारोबार गरी प्राप्त गर्ने आयमा १५ प्रतिशत मात्रै आयकर लगाउन माग गरेको छ । फोरमले संस्थागत लगानीकर्ता र धितोपत्र व्यवसायीलाई अग्रिम ककरवापत १.५ प्रतिशत मात्रै कायम गर्न माग गरेको छ ।

यस्तै म्युचुअल फन्डलाई आयतकर ऐनअनुसार कर नलाग्नेमा समावेश गर्नुपर्ने, म्युचुअल फन्डमा १ लाख सम्म लगानी गर्ने लगानीकर्तालाई उक्त रकम करयोग्य आयबाट घटाउनुपर्ने माग फोरमको छ । सिस्टमेटिक इन्भेस्टमेन्ट प्लानमा लगानी गर्नेलाई  आयकरमा छुट दिने व्यवस्था गर्नुपर्ने पनि माग फोरमले अघि सारेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  २०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro