site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा आज रातिबाट लकडाउन

काठमाडौं । कोरोना भाइरस संक्रमण बढे पछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेको छ ।

उपमहानगरपालिका क्षेत्रभर वैशाख ८ गते (आज) राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक सबै सेवा र हिँडडुलमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दैनिक उपभोग्य वस्तु (तरकारी, खाद्य, दूध, ग्यायसका पसल बिहान ६ देखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  १३:३०
प्रतिक्रिया दिनुहोस्