site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना सन्त्रास : तंग्रिन लागेको अर्थतन्त्रलाई कसरी जोगाउने ?
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  सरकारले बिहीबार रेष्टुरेन्ट तथा रात्रिकालीन व्यवसाय राति ९ बजेपछि बन्द गर्न भनेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भयावह हुन सक्ने बताए । 

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारण सभामा सावधानी नअपनाए जनजीवन ठप्प हुन सक्ने उनले चेतावनी दिए ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभामा पनि उनले कोभिड १९ बाट बच्च फेरि लकडाउनमा पुग्दैनौं भन्ने छैन भन्दै लकडाउन हुन सक्ने संकेत गरे । 

फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन, सचेत बनौँ : प्रधानमन्त्री ओली

निजी क्षेत्रका यी दुई कार्यक्रममा प्रधानमन्त्रीको अभिव्यक्तिपछि मुलुक पुनः लकडाउनको स्थितिमा पुग्ने आशंका बढेको उद्योगी व्यवसायी बताउँछन् । प्रधानमन्त्रीको चेतावनी पनि उद्योगी व्यवसायी अर्थतन्त्र फेरि संकटमा पर्ने सक्ने भन्दै चिन्तित भएका छन् । 

छिमेकी भारतमा दोस्रो लहरको संक्रमण व्यापक मात्रामा बढिरहँदा खुला सिमाना भएको हाम्रो मुलुक त्यसप्रति सजक बन्नुपर्छ भन्नु आफैँमा नाजायज भने होइन । यसबाट बच्नको लागि स्वास्थ्य सतर्कता अपनाउनु नै उत्तम हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जस्ता बढी भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस नै गर्‍यो । सरकारले विद्यालय बन्द गर्ने कुनै निर्णय नगरिसकेको भए पनि कोभिडको जोखिम बढेको यसले पनि देखाउँछ । 

जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहाेला : प्रधानमन्त्री ओली

समाचार तयार पार्दासम्म चौबीस घण्टाको पछिल्लो तथ्यांकअनुसार १३ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको तथ्यांकअनुसार २ सय ८८ जना संक्रमित थिए भने शनिबार त्यो संख्या बढेर ३ सय ३७ पुग्यो । आइतबारको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार विगत २४ घण्टामा ३ सय ३ जना संक्रमितको संख्या थपियो । 

मन्त्रालयका अनुसार सोमबारसम्म ३ हजार ३ सय ६ सक्रिय संक्रमित छन् । यो हिसाबले संवेदनशील बन्नै पर्ने देखाउँछ ।

संवेदनशील नबने देश पुनः लकडाउनतर्फ जाने संकेत स्वयम् प्रधानमन्त्री ओलीले गरिसकेका छन् । 

कोरोनाका कारण गत वर्षको ११ चैतदेखि लामो समय लकडाउन सहनुपर्‍यो । जसका कारण मुलुकको अर्थतन्त्र ऋणात्मक बन्न गयो । कोरोना कारण लकडाउन हुँदा उत्पादनमुलक र पर्यटन क्षेत्र निकै प्रभावित बन्यो । हाल उत्पादनमुलक क्षेत्र क्रमिक रुपमा सहजतातर्फ जान खोजे पनि पर्यटन उद्योग अझै उठ्न सकेको छैन । देश फेरि लकडाउनमा गए विस्तारै तंग्रिन थालेको अर्थतन्त्र पुनः संकटमा जाने डर छ । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा पछिल्लो समय हाम्रो अर्थतन्त्र तंग्रिन मात्रै सुरु भएको बताउँछन् । अर्थतन्त्र अझै हिँड्न थालिनसकेको उनले बताए । 

“हामी तंग्रिन सुरु भएको मात्रै हो । हिँड्न वा दैडिन थालिसकेका छैनौँ । भारतमा कोरोनाको दोस्रो लहर आएको छ । यो नेपाल पनि भित्रिन समय लाग्दैन । तर हामीले विगतको पाठबाट सिक्यौं र अहिलेदेखि नै सावधानी अपनायाैँ भने त्यसलाई रोक्न अवश्य सक्छौंं,” उनले भने । 

मुलुक पुनः लकडाउनको अवस्थामा पुगे अर्थतन्त्रमा नसोचेको असर पर्ने बताउँछन् नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर । 

यसबाट बच्न सरकार, विश्व स्वास्थ्य संगठनको स्वास्थ्य प्रोटोकल कडाइका साथ पालना गराउनुपर्ने उनले बताए । 

“प्रोटोकलको पालना अहिले पनि भइरहेको छैन । प्रोटोकल कडाइका साथ लागु गर्न सरकारले प्रभावकारी ‘मेकानिजम’ बनायो भने यो नियन्त्रणमा आउन सक्छ,” उनले भने, “यसबाट बच्ने उपाय भनेको स्वास्थ्य सुरक्षा पालना र खोप नै हो । यी दुईबाहेक तेस्रो विकल्प देखिएको छैन ।” 

यी विकल्प लागु गरे अर्थतन्त्र जीवन्त रहने र काम गर्ने वातावरण पनि बन्ने उनले बताए । उनले खोप कार्यक्रम बढाउन पनि आग्रह गरे । “फेरि लकडाउनमा जानुपर्‍यो भने हाम्रो अर्थतन्त्रले बेहोर्नुपर्ने धक्काको त हामीले कल्पना पनि गर्न सक्दैनौं । विगतमा पनि हामीले भोगिसकेका छौं । त्यसैले अर्थतन्त्रलाई चलायमान राख्ने र जनताको जिउधनको पनि रक्षा गर्ने भनेको स्वास्थ्य प्रोटोकलको पालना र खोपबाटै हो,” उनले भने । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपालमा पनि दोस्रो लहरको आशंका गर्दै स्वास्थ्य प्रोटोकल पूर्ण पालना गर्नुपर्ने बताउँछन् । 

“यसबाट बच्च स्वास्थ्य सम्बन्धी मापदण्ड पूर्ण पालना नै हो । ठूलाठूला सभा, भेला, सम्मेलन नियन्त्रण गर्नुपर्छ,” उनले भने, “भारतबाट आउने जाने क्रम बढेकाले सीमा क्षेत्रमा क्वारेन्टिन बनाउनुपर्छ ।”

उनले संक्रमितको संख्या बढेपछि मात्रै कडाइ गर्ने नभइ अहिलेदेखि नै कडाइ गर्ने, स्वास्थ्य प्रोटोकल पालना गराउनुपर्नेमा जोड दिए । 

उनले लकडाउन गरे देशले थेग्न नसक्ने भन्दै त्यस्तो अवस्था आउनै दिन नहुने बताए । “स्वास्थ्यको मापदण्डमा बसेर, अनुशासित भएर उद्योग व्यवसाय सञ्चालन गर्नुपर्छ । बन्दाबन्दी गर्‍यो भने देशले थेग्न सक्दैन,” उनले भने । 

स्वास्थ्य प्रोटोकलको पालना गर्दा पनि संक्रमितको संख्या निकै बढ्दै गए त्यसपछि लकडाउनको बाध्यता हुन सक्ने उनले बताए । 
“मान्छे बच्यो भने व्यवसाय गर्न सकिन्छ । जिवनै गयो भने त सकियो नि । तर, लकडाउनको अवस्थामा नपुर्‍याउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनले तोकेको स्वास्थ्य प्रोटोकल पूर्ण रुपमा कडाइका साथ पालना गराउनुपर्छ । संक्रमितको ग्राफ बढ्न दिन हुँदैन,” उनले भने । 

पहिलो चरणको लकडाउनका कारण अझै उद्योग व्यवसाय सञ्चालन विगतको अवस्थामा जान नसकेको उनले बताए । 

“बढीमा ८० प्रतिशत उद्योग व्यवसाय मात्रै सञ्चालनको अवस्थामा छन् । पर्यटन क्षेत्र अझै पनि करिब शून्य अवस्थामै छ । धेरै थोरै मात्रामा आन्तरिक पर्यटक चलायमान भए पनि घाटामै रहेको छ,” उनले भने । 

अर्थविद् शंकर शर्मा पनि स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना नै गर्नुपर्ने बताउँछन् । “देशलाई नै लकडाउन गर्न मिल्दैन । किनभने मान्छेको रोजीरोटीको सवाल पनि छ । काम गर्ने अवसर सबै छुट्छ । यातायात क्षेत्रलाई स्वास्थ्य प्रोटोकल पालना गराउँदै ‘लिमिटेड’ रुपमा चलाउने, कहिँ कतै पनि भीडभाड हुन नदिने नै अहिलेको उपाय हो,” उनले भने । 

सुरुको लकडाउनबाटै धेरै कुरा सिकेको भन्दै उनले लकडाउन गर्न नहुने बताए । 

उनले राजनीतिक दलका कार्यकर्ता प्रयोग गरेरै भए पनि स्वास्थ्य क्षेत्रको प्रोटोकल पूर्णरुपमा पालना गराउन लाग्नुपर्ने बताए ।  

सुरुको लकडाउनका कारण अहिले पनि अर्थतन्त्र उठ्न सकेको छैन । विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्षमा २.७ प्रतिशत हुने अनुमान गरेको छ । केन्द्रीय तथ्यांक विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा अर्थतन्त्र दुई प्रतिशतले संकुचित भयो । यस वर्षको पहिलो त्रैमासमा पनि साढे ४ प्रतिशतले अर्थतन्त्र ऋणात्मक थियो भने दोस्रो त्रैमासदेखि भने अर्थतन्त्र अलि तंग्रिन थालेको देखिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro