अर्थ व्यवसाय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् ।
उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरे । शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभामा उनले भने, “सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ ।"
उनले कोभिड नियन्त्रण गर्दै गएपछि उद्योग चलाउन सक्ने, सुरक्षित हुन सक्ने बताए । सुरूवाती समयदेखि नै कोभिडलाई धेरै फैलन नदिन सरकार सफल भएको पनि उनले बताए ।
“सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । समयमै सचेत बनौँ," उनले भने ।
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७ १३:३३
प्रतिक्रिया दिनुहोस्