खेल

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा सहज जित निकालेको छ । आइतबार भएको खेलमा इन्टरले काल्गीरिमाथि १–० गोलको जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा इन्टरलाई जित दिलाउन माट्यो डार्मिनले निर्णायक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेको इन्टरले दोस्रो हाफमा गोल गर्न सफल भएको हो ।
डार्मिनले खेलको ७७ औं मिनेटमा गोल गर्दै टिमलाई जित दिलाए । जितसँगै इन्टरले लिगमा ३० खेलबाट ७४ अंक जोडेको छ ।
इन्टरले लिगमा ११ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ६३ अंक छ । पराजित काल्गीरि रेलिगेसन जोनमा रहेको छ ।
प्रकाशित मिति: आइतबार, चैत २९, २०७७ १८:२५
प्रतिक्रिया दिनुहोस्