site stats
बाह्रखरी :: Baahrakhari
खेल
युभेन्ट्स पोर्टाेसँग पराजित 

काठमाडौं । युभेन्ट्स च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पराजित भएको छ । बुधबार राति भएको पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग युभेन्ट्स २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा पोर्टोलाई जित दिलाउन मेहेदी तारेमी र मौसा मारेगाले एक एक गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता, युभेन्ट्सका फेड्रिको चिसाले एक गोल फर्काए । खेलको पहिलो मिनेटमा तारेमीले गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए ।
४६ औं मिनेटमा मौसाले गोल गरेपछि घरेलु टिमले २–० को अग्रता बनायो । 

८२ औं मिनेटमा युभेन्ट्सका फेड्रिकोले एक गोल फर्काए पनि पोर्टो २–१ ले विजयी भयो । दुई टोलीबीचको दोस्रो लेग मार्च ९ मा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ६, २०७७  ०९:१२
प्रतिक्रिया दिनुहोस्