अर्थ व्यवसाय

काठमाडौं । सिद्धार्थ बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कार्ड विभागका प्रमुख रविन मल्ल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका तर्फबाट निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत होटेल बसाइ, खाना, बेबरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, माघ २८, २०७७ १७:२१
प्रतिक्रिया दिनुहोस्