site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
न्यायाधीश सिन्हाको प्रश्न– अर्काे सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसद्ले ? 

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गर्दै सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस गरिरहेका छन् । सोमबारबाट सरकार पक्षको बहस सुरु भएको हो ।

उनले संसद्बाट सरकार बन्ने अवस्था नरहेको भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका छन् । उनले यस्तो दाबी पटक–पटक दोहोर्‍याइरहँदा न्यायाधीश अनिल सिन्हाले उनलाई त्यस्तो अवस्था कसरी देखिन्छ भन्दै प्रश्न गरेका छन् । ‘‘अर्काे सरकार बन्न सक्ने अवस्था छैन भन्ने प्रधानमन्त्रीले प्रमाणीकरण गर्ने कि संसदले ?,’’ सिन्हाको प्रश्न थियो ।

जवाफमा उनले ०५२ सालको विघटनको सन्दर्भ उठाएपछि सिन्हाले प्रतिप्रश्न गर्दै हरेक प्रश्नको जवाफका लागि ०५२ सालमा फर्किएर हुन्छ ? भन्दै सोधेका थिए । त्यसपछि खरेलले प्रधानमन्त्रीले धेरै प्रयत्न गर्दा पनि संसद्बाट आउनुपर्ने कुरा नआएको र विघटन बाध्यतावश चालेको कदम भएको बताए ।

सोमबार दिनभर बहस गरेका उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको जिकिर गरेका थिए । गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएको थियो ।

१३ दिनसम्म विघटन असंवैधानिक भन्दै परेका १३ रिट निवेदकका पक्षबाट बहस सकिएपछि सोमबारबाट सरकारी पक्षको बहसको पालो आएको हो ।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०७७  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro