site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्राफिकका हातले धानिएका राजधानीका १६ लाख सवारी  
SkywellSkywell

काठमाडौं । एउटा हातमा ‘स्टप’ र ‘गो’ लेखिएको प्लेकार्ड छ । अर्को हातमा सिट्ठी छ । सिट्ठी फुक्दै प्लेकार्ड देखाउँदै सवारी ‘कन्ट्रोल’ गरिहेका हुन्छन् । चोकचोकमा जथाभावी रुपमा सवारी ओहोरदोहोर भइरहन्छ । जाम पनि उत्तिकै हुन्छ । हातको इसाराले यात्री पन्छाइरहेका हुन्छन् ।

अत्यधिक सवारीको चाप हुने जोरपाटी सडकखन्डमा ट्राफिकले यात्रीलाई दशौँ मिनेटसम्म छेउमा उभ्याएर राख्छन् । ट्राफिकले सवारी रोक्दै छाड्दै गर्छन् ।

‘‘सवारी–साधन गुड्दागुड्दै रोकेर सडक पार गर्ने कुरा भएन,’’ जोरपाटीमा बस्दै आएका सूर्यबहादुर रावत भन्छन्, ‘‘दुवैतिरका सवारी–साधन रोकिएपछि बल्ल सडक पार गर्न पाइन्छ । आकाशेपुल छैन । पुल कहिले बन्ने हो पनि थाहा छैन ।”

KFC Island Ad
NIC Asia

मंगलबार सडक पार गर्न भिडमा उभिएकी सरीता तामाङले पैदलयात्रीका लागि उचित व्यवस्था नबनाइँदा यसरी १०औँ मिनेटसम्म उभिएर बस्नुपर्ने बाध्यता रहेको बताइन् । ‘‘ट्राफिकले सवारी–साधनलाई रोकिसकेपछि मात्रै सडक पार गर्न पाइन्छ । पसल पारिपट्टी छ, कोठा वारि । पसल पुग्न नै ढिलो हुन्छ । घरबाट १० मिनेटअगाडि नै हिँडियो भने बल्लबल्ल समयमा पसल खोल्न पाइन्छ । जेब्राक्रसिङका रेखा पनि मेटिएका छन् । हामी यात्री जेब्राक्रसिङमै पनि सुरक्षित छैनौँ ।”

यातायात व्यवसायी पनि प्रविधि नहुँदा दैनिक जाम खेपिरहनुपरेको बताउँछन् । सुन्दरीजल–रत्नपार्क रुटमा गाडी चलाउँदै आएका दोलखा, चरिकोटका विष्णु प्रधानका अनुसार सवारी, यात्री, चालक, ट्राफिक सबैमा समस्या भएको छ । उनले भने, ‘‘म ८७५८ नम्बरको बस चलाउँछु, वरिपरिबाट मोटरसाइकल, ट्याक्सीलगायत निजी सवारीले ओभरट्याक गरेर सकस बनाउँछन् । सबै ठाउँमा ट्राफिक पहुँच छैन । प्रविधिको विकास पनि छैन । ट्राफिक प्रहरी धेरै ठाउँमा चुकिरहेको छ ।”

Royal Enfield Island Ad

महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार उपत्यकाभरि करिब १६ लाख सवारी गुड्छन् । उनले भने, ‘‘उपत्यकाका सडकमा १४ सय ५० जना ट्राफिक प्रहरी खटाइएको छ । नेपालमा प्रविधि धेरै छैन । प्रविधि थोरै भएकै कारण ठूलो जनशक्ति प्रयोग गर्नुपरेको हो । २७ ओटा ठाउँमा ट्राफिक बत्ती र सडक बत्ती जडान गरिएको छ । सीसीटीभी फुटेज प्रायः सबै ठाउँमा राखिएका छन् । विभिन्न क्षेत्रमा डमीका मानिस बनाएर जरिवाना बोर्ड टाँसिएका छन् । प्रभावकारी रुपमा मापसे भर्चुअल कक्षा सञ्चालन भइरहेका छन् । मापसे गरी सवारी हाँक्ने चालकका कागजपत्र ल्याइयो भने उसले सवारी हाँक्न पाउँदैन । ऊ आफैँ ट्राफिक प्रहरी महाशाखामा आउँछ । मापसे भर्चुअल कक्षा लिएर जान्छ । संसद् विघटनपछि सडक–सडकमा भएका आन्दोलनले समस्या भएको छ । यसलाई व्यवस्थापन गर्नतिरै लागेका छौँ ।”

आकाशेपुल निर्माणका ठेक्का अलपत्र
गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक कार्यक्रममा जोरपाटी चोकमा आकाशेपुल निर्माण गरिने भन्दै दुई करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । सोही आर्थिक वर्षमै पुल बनाउने योजना भए पनि अहिलेसम्म पुलको जगसमेत खनिएको छैन । नगरपालिकाको योजना कागजमै सीमित भएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा पनि जोरपाटीमा पुल बनाउने योजना अघि सारेको छ । तर, अहिलेसम्म काम गर्ने सुरसार छैन । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाका अनुसार पुल निर्माण गर्न डीपीआर तयार भइसकेको छ । उनले भने, ‘‘अब काम छिट्टै थाल्छौँ ।”

त्यस्तै कोटेश्वरमा पनि आकाशेपुल निर्माण थालेको तीन वर्ष हुन लागिसक्यो । कोटेश्वरमा बस्दै आएका नरेन्द्र कार्कीले अहिलेसम्म पिलरमात्रै ठड्याइएको बताए । उनले भने, ‘‘अत्यधिक सवारीको चाप हुने सडक हो यो । ज्यानको जोखिम मोलेर जेब्राक्रसिङ पार गर्न बाध्य छौँ ।”

डिभिजन कार्यालय काठमाडौंले सवारीको चाप हुने कोटेश्वरको सडकखन्डमा पुल निर्माण गर्ने योजना अघि बढाएको थियो । उक्त पुलको निर्माण गर्न २०७५ साल चैत २५ गते प्राकृतिक र पवनर जेभीले ठेक्का पाएको थियो । सम्झौता रकम दुई करोड ८९ लाख रुपैयाँ छ । सम्झौताअनुसार २०७६ पुस मसान्तसम्ममा पुलको निर्माण भइसक्नुपर्ने थियो । तर, समयमै निर्माण सम्पन्न हुन सकेन । पुन २०७७ पुस मसान्तभित्र काम सक्नेगरी म्याद थपिएको छ । तर, पुलको यो म्याद थपिँदा पनि पुलको जगसमेत खन्न सुरु गरिएको छैन ।

डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर सोम्या आनन्दले उक्त पुल निर्माणमा स्थानीयले अवरोध गरेपछि काम रोकिएको बताइन् । उनले भनिन्, ‘‘जसले गर्दा समयमै काम सुरु गर्न सकिएन । यस्तै विवादका कारण स्थानीयले बनाउन नदिएपछि काम गर्न पाइएको छैन । कोटेश्वरमा बनाउने पुल अब बबरमहल वा कुन ठाउँमा बनाउने भन्नेबारे छलफल भइरहेको छ । टुंगो लागेपछि काम थाल्छौँ ।’’

बानेश्वरमा  पनि आकाशेपुल निर्माण गर्न सडक डिभिजन कार्यालय काठमाडौं र प्राकृतिक र पवनर जेभीबीच सम्झौता भएको थियो । २०७५ चैत २५ गते नै ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार यो आकाशेपुल २०७६ पुस मसान्तसम्ममा निर्माण भइसक्नुपर्ने थियो  । म्याद सकिसकेको छ । भर्खर पिलर हाल्ने सुरसार थालिएको छ । निर्माण सामग्री असरल्ल राखिएका छन् ।

डिभिजन कार्यालयका अनुसार आकाशेपुलको निर्माणको काम निरन्तर भइरहेको छ । डिभिजन कार्यालय काठमाडौंका इन्जिनियर आनन्दले फिल्डमा काम भइरहेको बताइन् । ‘‘पुलमाथि स्टील हाल्नुपर्ने भएकाले काम रोकिएजस्तो मात्रै देखिएको हो । फ्याक्ट्रीमा स्टील बनाइँदै छ,’’ उनले भनिन्, । पुलको भौतिक प्रगति विवरण ८० प्रतिशत पुगिसकेको छ । पिलर हालीसकेकाले यही महिनाभित्रै आकाशेपुल बन्छ ।’’

२० वर्ष पुराना गाडी चलाउनेमाथि धमाधम कारबाही
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले २० वर्ष पुराना सवारी चलाइरहेको भेटिँदा कारबाही गर्ने गरेको बताए । उनले भने, ‘‘सहरमा प्रदूषण कम गर्ने उद्देश्यले गत दुई सातादेखि कारबाही गर्दै आइएको छ । त्यस्ता सवारीलाई दुई हजारदेखि २५ हजारसम्म जरिवान गर्दै आएका छौँ । महाशाखाले सार्वजनिक सवारीमा हर्न निषेध गरेको छ । सवारी अनुपतिपत्रविना सवारी चलाउने चालकलाई पनि कारबाही गर्दै आएका छौँ,’’ उनले थपे, ‘‘नयाँ–पुराना सबै गरी अहिलेसम्म २५ सयभन्दा बढी सवारीलाई कारबाही गरिएको छ भने तीन करोडभन्दा बढी राजस्व संकलन गरिएको छ ।

ज्येष्ठ नागरिक र विद्यार्थीलाई छुट नदिए कारबाही 
महाशाखाले सार्वजनिक सवारी–साधनमा छुट नदिनेलाई कारबाही गर्दै आएको जनाएको छ । सवारीले छुट नदिए दुई हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना गरिने महाशाखाले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आकाशेपुल नहुँदा कैयाँै यात्रीले ज्यान गुमाउन परिरहेको छ । पुस महिनामा मात्रै सडक दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । करिब १०० जनाको हाराहारीमा घाइते भएका छन् । चार वर्षमा २५६ पैदलयात्रीको मृत्यु, चार हजार २१० जना घाइते भएको महाशाखाले जनाएको छ । तथ्यांकानुसार आर्थिक वर्ष २०७४/०७५ मा ६८, २०७५/०७६ मा ९९ जना, २०७६/०७७ मा ५६, २०७७/७८ को पुस १९ गतेसम्ममा ३३ जना पैदलयात्रीको मृत्यु भएको छ ।

आकाशेपुल नहुँदा सकस 
मुख्यगरी कोटेश्वर, जोरपाटी, बानेश्वर, बबरमहलमा आकाशेपुल छैन । प्रमुख एसएसपी भट्टराईका अनुसार मुख्य सडकका चोकमा आकाशेपुल नहुँदा ट्राफिकलाई पनि सवारी–साधन धान्न सकस पर्ने गरेको छ । उनले भने, ‘‘चलिरहेका सवारीलाई रोकेर यात्रीलाई सडक पार गराउँदा जोखिम कम हुन्छ । बेगले हुत्तिएरै सवारी–साधन आउँछन् । जेब्राक्रसिङबाटै सडक पार गराउँदा पनि जोखिम रहेको छ ।”

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीका अनुसार सवारी चाप हुने मुख्य–मुख्य सडकमा आकाशेपुल नहुँदा यात्रीको अकालमा ज्यान जाने भएको छ । उनले भने, ‘‘ट्रफिकले त आकाशेपुल र जेब्राक्रसिङबाट मात्रै सडक पार गर्न आग्रह गर्ने हो । सवारी–साधन रोक्दै सडक पार गराउँदै आइरहेका छौँ । उपत्यकाभित्र अहिले ४७ वटा आकाशेपुल छन् । पहिला ट्राफिक प्रहरीले जथाभावी सडक पार गर्नेलाई कारबाही र जरिवान गर्दै आएको थियो । आकाशेपुल नहुँदा यात्रीलाई सडक पार गराउनतिर ट्राफिक प्रहरीको ध्यान गएको छ ।

No description available.

No description available.

No description available.

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  ११:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro