काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरूले राति-राति प्रधानमन्त्री भेटेको विषयमा प्रश्न उठेको छ ।
नेकपा नेतृ शशि श्रेष्ठले संवैधानिक इजलासमा राति-राति न्यायाधीशले प्रधानमन्त्री भेटेको थाहा छ कि छैन ? भन्दै प्रश्न गरेकी थिइन् ।
श्रेष्ठले पुस २६ र २७ गते चारजना न्यायाधीशले प्रधानमन्त्री भेटेकोबारे आफू जानकारी गराउन आएको बताएपछि नेपाल बार र सर्वोच्च परिसरभित्र सुनुवाइ लाइभ गरिएको ठाउँमा अडियो काटिएको थियो ।
बालुवाटार स्रोतका अनुसार पुस २६ गते सर्वोच्चका वरिष्ठतम् न्यायाधीशद्वय दीपक कार्की र मीरा खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राति २०:०० बजेबाट २१:१० बजेसम्म र पुस २७ गते सपना प्रधान मल्ल र हरिकृष्ण कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा १३:२० बजेबाट १४:५५ बजेसम्म भेटवार्ता गरेका थिए ।