site stats
बाह्रखरी :: Baahrakhari
विशेष
विप्लव समूहका चर्चित नेता धर्मेन्द्र बास्तोला पक्राउ
Argakhachi Cement Island Ad

काठमाडौं । प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । 

उनी हाल विप्लव समूहका तेस्रो वरीयताका नेता हुन् । उनलाई ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

बास्तोलासँगै खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का सहयोगी विवेक कुमालसमेत पक्राउ परेका छन् । प्रहरीले आधिकारिक रुपमा यसबारे प्रतिक्रिया दिन मानेको छैन । बास्तोलालाई लामो समयदेखि प्रहरीले खोजी गर्दै आएको थियो । 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  १६:२९
प्रतिक्रिया दिनुहोस्