site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
नेताले नचिनेको पार्टी नेपाली कांग्रेस

नेपाली कांग्रेस सम्भवतः कांग्रेसकै नेता कार्यकर्ताले चिन्न नसकेको पार्टी हो फकिर प्रकृतिका कृष्णप्रसाद भट्टराई सुशील कोइरालाले नेतृत्व गर्दा पार्टी सबैभन्दा ठूलो हुने तर राजनीतिक दाउपेचका कुशल खेलाडीहरू गिरिजाप्रसाद कोइराला शेरबहादुर देउवाले नेतृत्व गर्दा दोस्रो हुने गरेको नेपाली कांग्रेस पहिलो जनआन्दोलनपछि २०४८ को संसदीय निर्वाचनमा किसुनजी पार्टी सभापति प्रधानमन्त्री थिए कांग्रेसले बहुमत ल्यायो मध्यावधि निर्वाचन जितेको भए गिरिजाबाबु नै प्रधानमन्त्री हुन्थे पार्टी दोस्रो भयो विसं २०५६ को निर्वाचन किसुनजीको नामबाट लड्दा कांग्रेसले पुनः बहुमत ल्यायो

दोस्रो जनआन्दोलनको नेतृत्व गरेर राजालाई परास्त गरेका गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा २०६४ सालमा संविधान सभाको निर्वाचन भयो चुनाव जितेको भए गिरिजाबाबुले प्रधानमन्त्री वा राष्ट्रपति चाहेको पद पाउँथे तर, पार्टी चुनावमा दोस्रो भयो

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गिरिजाबाबुको उत्तराधिकारी भए पनि सुशील कोइरालाको प्रकृति किसुनजीसँग मिल्दोजुल्दो थियो दुवै अविवाहित फकिर स्वभावका थिए धनको लोभ गरेको आरोप सुशील कोइरालालाई पनि लागेन सुशील कोइराला पार्टी सभापति भएपछि भएको संविधान सभाको दोस्रो निर्वाचनमा कांग्रेस फेरि पहिलो पार्टी भयो

प्रवृत्ति प्रकृतिका दृष्टिले शेरबहादुर देउवा गिरिजाप्रसाद कोइरालाबीच किसुनजी सुशील कोइरालामा भन्दा पनि धेरै समानता पार्टीमा बलियो पकड भएका आफ्ना कार्यकर्तालाई हुने नहुने जे पनि गरेर संरक्षण गर्ने भनिएका दुवैलाई नेपाली जनताले भने पत्याएको देखिएन देउवाको नेतृत्वमा भएको पहिलो चुनाव हो यसपटकको स्थानीय तहको चुनाव कांग्रेस फेरि दोस्रो भयो

अरू पार्टीका नेता जस्ता भए पनि नेपाली जनता नेपाली कांग्रेसका नेतामा किसुनजी वा सुशीलदा जस्तै सिद्धान्तनिष्ठा फकिर प्रवृत्ति खोज्दारहेछन् तर, कांग्रेसका महाधिवेशन सदस्यहरूले गिरिजाबाबुजस्तै नेता रोजे सायद, यही कारणले जनताले पनि कांग्रेसलाई पाठ सिकाए तर, कांग्रेससँग अहिले किसुनजी वा सुशील कोइरालाजस्ता फकिर प्रकृतिका नेता अस्पतालमा सिकिस्त बिरामी रामहरि जोशीबाहेक सायद अरू छैनन् जोशीलाई अधिकांशले चिन्दैनन् ठूलो संख्याले नामै सुनेका छैनन् होला कठै ! फकिर खोजे पनि नभेट्टाउने भएछन् कांग्रेसका कार्यकर्ताले अब

कांग्रेसभित्र केही विभीषण, केही शल्य अलि धेरै शकुनि छन् तर सामान्य कार्यकर्तालाई आफ्नो पार्टी हारोस् वा बदनाम होस् भन्ने चाहना पक्कै छैन होला नि ! सुपात्र ज्ञान नभएपछि के गरून् ?

(पक्कै पनि यही एउटा चुनाव हार्दैमा शेरबहादुर देउवाले पार्टी सभापति वा प्रधानमन्त्रीको पद छाड्नेछैनन् पार्टी सभापति प्रदेश संघको चुनाव हारे पनि छाड्नु पर्दैन त्यसैले छाड्नेछैनन् प्रधानमन्त्री पदको भने ठेगान छैन कांग्रेसबाहिरको अझ देशबाहिरको समेत विभिन्न कारकले निर्धारण गर्ने हुनाले चाहेर छाड्न वा नछाड्न नसकिने रहेछ नत्र, सुशील कोइराला अन्तिम अवस्थामा प्रधानमन्त्रीको चुनावमा उठ्ने थिएनन् होला !)

 

प्रकाशित मिति: बुधबार, असार २१, २०७४  १०:१३
प्रतिक्रिया दिनुहोस्