site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई विद्यार्थीको प्रश्‍न- तपाईंले उद्घाटन गरेको गोबर ग्यास बन्द भयो !  घरघरमा ग्यास कहिले आउँछ ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

विराटनगर । केही वर्षअघि विराटनगर गोबर ग्यास प्लान्ट उदघाटन गरेका प्रधानमन्त्री केपी ओलीलाई विद्यार्थीले कहिले घर-घरमा ग्यास वितरण गर्ने भनेर प्रश्न गरेका छन् ।

ओलीले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट बन्द भइसकेको तर उनैले घोषणा गरेको ग्यास वितरणको चर्चा कहाँ पुग्यो भन्दै प्रश्न तेर्स्याएका हुन् । ओली पक्षका विद्यार्थीले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङको शपथग्रहण गराएको सातादिन नपुग्दै दाहाल-नेपालपक्षीय विद्यार्थीले आज विराटनगरमा आयोजना गरेको शपथग्रहण कार्यक्रममा विद्यार्थी र नेताले ग्यास वितरण गर्ने भनेर ओलीले नेपालीलाई झुक्याएको जिकिर गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अनेरास्ववियुका केन्द्रीय सदस्य ओसिम आलमले भने, "पाइपबाट घर-घरमा ग्यास वितरण गर्ने भन्नुहुन्थ्यो आएर हेर्नुहोस् तपाईंले विराटनगरमा उद्घाटन गरेको गोबर ग्यास प्लान्ट नै बन्द भइसक्यो । घरघरमा ग्यास कहिले आउँछ ? " ओलीले विराटनगर १४ मा पाइपबाट ग्यास वितरण गर्ने परियोजना उद्घाटन गरेका थिए ।

आलमले "गुटियाहरुको भेला गर्दै हिँड्ने आरोप लगाउँदै निर्मला पन्तको हत्यारा खै ?  चुच्चे नक्सा छापिएको किताब किन रोकेको ?" भन्दै प्रश्न गरे ।

Royal Enfield Island Ad

नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले ओलीको प्रतिगामी कदमले मुलुकलाई पछि धकेलेको बताए । नेकपा प्रदेश सदस्य कुशल लिम्बूले ओली आन्दोलनबाट फ्याँकिने दाबी गरे । नेकपा मोरङ सचिव गणेश उप्रेतीले आन्दोलनबाट ओलीको कदमको विरोध गर्दै जनतासमक्ष जानुपर्ने बताए ।

कार्यक्रममा मृत्युञ्‍जय झा, अनेरास्ववियु मोरङ अध्यक्ष टेकेन्द्र क्षत्री, केन्द्रीय सदस्य  ताजिम अन्सारी केन्द्रीय जिसस न्यौपाने, सुमन कालीकोटे अनेरास्ववियु सह-इन्चार्ज मोरङलगायतले संविधानसभा विघटन संविधानविपरीत भएको बताए ।

अनेरास्ववियुले मोरङमा आंगीक क्याम्पस र १७ पालिकाको कमिटीलाई पूर्णता दिइएको कार्यक्रममा जानकारी दिइयो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro