site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विद्युत् ट्रिपिङ घट्यो, लोडसेडिङ गरेका छैनौं : प्राधिकरण
SkywellSkywell

काठमाडौं । उपभोक्तालाई गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् उपलब्ध गराउन प्रसारण तथा वितरण लाइन र सब-स्टेसन सुदृढीकरणका लागि चालिएका कदमबाट विद्युत् छिनछिनमा जाने (ट्रिपिङ) को समस्या घट्दै गएको छ ।

नेपाल विद्युत प्राधिकरणको तथ्यांकअनुसार, विद्युत्‌को माग सबैभन्दा बढी हुने काठमाडौं उपत्यकामा यस वर्षको मंसिरमा  ३४७ पल्ट ट्रिपिङ भएको छ । काठमाडौं उपत्यका र आसपासका जिल्लामा विद्युत् आपूर्ति गर्ने १४ सबस्टेसनमा ट्रिपिङ हुँदा २२ घण्टा विद्युत् अवरोध भएको छ । गत वर्षको मंसिरमा ५७७ पटक ट्रिपिङ भई ६५ घण्टा आपूर्ति बन्द भएको थियो ।
  
प्रणालीमा मागअनुसार आपूर्तिका लागि पर्याप्त विद्युत् रहेकाले घोषित/अघोषित रुपमा विद्युत् कटौती (लोडसेडिङ) नगरिएको प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । शाक्यले सडक तथा खानेपानी पाइप विस्तारका कारण भूमिगत केवलमा क्षति पुग्ने, केही स्थापनमा पोल तथा टान्सर्फमर सार्नुपर्ने लगायत प्राविधिक कारणले त्यस आसपासका क्षेत्रमा केही समय विद्युत् कटौती भएको हुनसक्ने बताए ।

Dabur Nepal
NIC Asia

‘‘अहिलेसम्मको तथ्यांक हेर्दा गत वर्षको पुसमा भन्दा यस वर्ष ट्रिपिङ कम भएको देखिन्छ, विगतमा चालिएका सुधारबाट यस वर्ष र यस वर्ष गरिएका कामबाट अर्को वर्ष नतिजा देखिन्छ,’’ उनले भने । ‘‘प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प बत्ती जाँदैमा उपभोक्ताले त्यसलाई लोडसेडिङ गर्‍यो भनेर बुझेर डराउनुपर्ने जरुरी नै छैन, प्रणालीमा पर्याप्त विद्युत् छ, लोडसेडिङ हाम्रो इतिहास बनिसकेको छ ।’’ उनले ट्रिपिङ बढी हुने सब-स्टेसनको पहिचान गरी सुधार गर्न, त्यहाँको लोड अन्त सार्नेलगायत काम निरन्तर भइरहेको पनि बताए ।

स्थानीय रुपमा माग धान्न नसक्ने अवस्थामा (ओभरलोड) रहेका ट्रान्सफर्मर फेर्ने, बिदाको दिन लाइन सुधार गर्ने र त्यसका लागि लाग्ने समय घटाउनेलगायत काम गर्दै विद्युत् आपूर्तिमा  सुधार गर्न अहोरात्र काम भइरहेको शाक्यले बताए ।

सडक विस्तार, खानेपानीको पाइप जडान, विद्युत्‌का पोल सार्न, ट्रान्सफर्मर बदल्न, वितरण प्रणालीको  मर्मत सम्भारलगायत काम गर्न विद्युत् आपूर्ति बन्द गर्ने क्रम पनि घटेको छ । गत वर्षको मंसिरमा यी काम गर्न ४९१ पटक विद्युत् आपूर्ति बन्द (सट डाउन) गरिएकामा यस वर्ष ३६२ पटक मात्रै गरिएको प्राधिकरणले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १२:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu