site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
कालो रङ्ग

अशेष मल्ल 


– सेतो कागज देखाउँदै नेताले भन्यो– यो कालो हो । 

– कार्यकर्ताहरूले पररर ताली पिट्दै भने– हो, यो कालै हो 

– निख्खर कालो– नेताले जोड दिँदै भन्यो

– हो, निख्खर कालो– कार्यकर्ताहरू अझ ठूलो स्वरमा कराए ।

– आजदेखि यस्तो रङ्गलाई कालो भनिनेछ ।

– हामी आज्ञा पालन गर्छाैँ 

– यो कालो रङ्ग हो 

– कालो हो, कालो 

कार्यकर्ताको समर्थनले नेताको अनुहार तेजिलो देखियो । एक कुनामा यो दृश्य हेरेर बसेको बालकलाई पटक्कै चित्त बुझेन । ऊ जुरुक्क उठेर न्यायालय पुग्यो र उजुरी हाल्यो । उसको जिकिर थियो सेतोलाई कालो भन्न पाइँदैन ।

न्यायालयले फैसला दियो– यो कालै हो ।

बालकले पुलुक्क हेर्याे, कालो भन्नेहरू सबैले कालो चस्मा लगाएका थिए ।

बालकले प्रतिवाद गरेन किनकि उसलाई थाहा थियो, फैसलाको विरोध गर्नु कानुनविपरीत हो ।

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro